मलेसियाको राजधानी क्वालालम्पुरबाट ६० किलोमिटर टाढा रहेको काजाङस्थित लिकिन क्यापमा विभिन्न अभियोगमा सजाय भोगीरहेका २९ जना नेपाली रहेको थाहा भएको छ । अवैधानिक देखि अपहरणकाण्डमा परेका एक तथा मानव बेचविखनको अभियोग लागेका एक जनाले एक हप्ता देखि एक वर्ष सम्म क्यापमा जीवन विताईरहेका छन । यसै क्रममा नेपाली दूतावास तथा स्थानिय संघ-सस्था समेतको एक टोलीले उक्त क्यापको निरीक्षण गरेको छ । क्यापमा रहेका २९ मध्ये २० जनाको ट्राभल डकुमेन्ट बन्ने अवस्था रहेको कारण उनीहरु छिट्टैनै नेपाल फर्कन सक्ने अवस्था रहेको जेलको निरीक्षणमा गएका तमु समाजका सूर्य गुरुगले बताए । बाँकी ९ जनाको भने आफन्तहरु सम्पर्कमा नआएका कारण छिटै क्याप मुक्त हुन सक्ने अवस्था छैन । गुरुङका अनुसार मानव बेचविखनको सजाय भोगिरहेका वाग्लुङका थम वहादुर विकले आफु नै स्वय पीडित भएर क्याम्पमा परेको बताए । निज विकलाई तीनजनालाई राम्रो काम लगाईदिने वहानामा मलेसिया झिकाएर अलपत्र पारेको आधारमा प्रहरीले तीन महिना अगाडि पक्राउ गरेको थियो । क्यापमा रहेका बाँकी जो आफन्तको सम्पर्कमा छैनन् उनीहरुको निम्ति पहल थालिने प्रवासी मजदुर संघ मलेसियाका अध्यक्ष अमर ओलीले बताएका छन् ।
!--more-->
Browse » Home » » मलेसियामाको लिङकिङ क्यापमा २९ नेपाली सजाय भोग्दै
मलेसियामाको लिङकिङ क्यापमा २९ नेपाली सजाय भोग्दै
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “मलेसियामाको लिङकिङ क्यापमा २९ नेपाली सजाय भोग्दै”
Post a Comment