हाम्रो संखुवासभा समाचारदाता
साउने संक्रान्तिको मौका छोपेर कन्यादान, प\mल्यास ब्याक -फर्केर हेर्दा) र गंगाजल, तीनवटा फिल्म एउटै मितिमा प्रदर्शन हुँदै छन् । यी तीनमध्ये गंगाजल, कन्यादान र फ्ल्यासब्याकको चेपुवामा पर्ने निश्चित देखिएको छ ।
शोभित बस्नेतको निर्देशनमा बनेको कन्यादान, दयाराम दाहालको निर्देशनमा बनेको फ्ल्यास ब्याक र प्रमोद भण्डारीको निर्देशनमा निर्माण भएको गंगाजल असार ३२ गतेबाट प्रदर्शन हुँदै छन् । फ्ल्यास ब्याक मोफसल र राजधानीमा एकैसाथ प्रदर्शन हुँदै छ भने कन्यादान र गंगाजल मोफसलमा मात्र प्रदर्शन गरिँदै छ ।फ्ल्यास ब्याक गोपीकृष्ण मुभिजको (क्युब) फिल्म हो भने गंगाजल डिजिटल सिनेमा नेपाल -डिसिएन) ले वितरण गरेको फिल्म हो । गत वर्षको साउने संक्रान्तिमा पनि गोपीकृष्ण, डिसिएन र शोभित बस्नेतका क्रमशः जीवन-मृत्यु, र्फज र धूम तीन फिल्म एकैसाथ प्रदर्शन भएका थिए । गत वर्ष प्रदर्शित ती तीन फिल्ममध्ये धूमले व्यावसायिक सफलता हासिल गरेकोे थियो भने जीवन-मृत्यु र र्फज फ्लप फिल्ममा दरिएका थिए । यसपटकको साउने संक्रान्तिमा एकसाथ भिड्न लागेका तीन फिल्ममध्ये प्रचारप्रसारको हिसाबले कन्यादान र फ्ल्यास ब्याक निकै अग्रस्थानमा देखा परेका छन् । यो मामलामा गंगाजल पछि परेको छ । कन्यादान मोफसलका झन्डै पाँच दर्जन हलमा प्रदर्शन हुँदै छ भने त्यति नै हाराहारीमा हल पाएको छ फ्ल्यास ब्याकले पनि । तर, गंगाजलले भने मुख्य व्यापारिक स्टेसन मानिएका पोखरा, बुटवल, दमौलीलगायतका स्थानमा समेत हल पाएको छैैन । त्यसकारण गंगाजल फ्ल्यास ब्याक र कन्यादानको चेपुवामा पर्ने निश्चित देखिएको छ ।
आफ्नो फिल्म चलाउनका लागि अनेक हतकन्डा अपनाउने निर्देशक शोभित बस्नेत यतिवेला कन्यादानको प्रचारप्रसारमा ज्यान फालेर लागेका छन् । उनी कहिले पत्रकार सम्मेलन गर्छन् त कहिले आफ्नो वास्तविक जीवनसँग मेल खाने विभिन्न सातवटा चरित्रमा आफैँ अभिनय गरेको बताउँदै हिँड्छन् । प्रकाश थापाको निर्देशनमा बनेको पुरानो कन्यादान एक जमानाको सुपरहिट फिल्म हो । शोभितले आफूले निर्माण गरेको कन्यादान पहिलाको भन्दा अझै बबाल भएको दाबी गर्दै हिँडेका छन् । महिनौँअघिदेखि टिभी, एफएममार्फत व्यापक रूपमा प्रचारप्रसार गरिनुले फ्ल्यास ब्याक कस्तो होला ? भन्ने कौतुहल दर्शकमा जागेको छ । फ्ल्यास ब्याकको प्रचारप्रसारमा पनि कन्जुस्याइँ गरिएको छैन । गंगाजल भने यसमा पछि परेको छ ।
फ्ल्यास ब्याकमा निखिल उप्रेती, आर्यन सिग्देल, युना उप्रेतीलगायतका कलाकार प्रमुख भूमिकामा छन् । कन्यादानमा विराज भट्ट, धीरेन शाक्य, सिर्जना बस्नेत, कुशल थापा, रञ्जना शर्मालगायत प्रमुख भूमिका अभिनीत छन् । गंगाजलमा भने विराज भट्ट र रेखा थापा मुख्य भूमिकामा छन् । यी तीन फिल्मका निर्माता आफ्नो फिल्म तगडा भएकाले जुधाउँदा कुनै असर नपर्ने विश्वासमा छन् । एकैसाथ तीनवटा नयाँ फिल्म प्रदर्शन हुँदा दर्शक त बाँडिन्छन् नै, तर जुन फिल्ममा दम छ, त्यसैले अत्यधिक दर्शक तान्छ । यो भने हेर्न बाँकी नै छ ।
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “भिड्दै छन् तीन फिल्म”
Post a Comment