..हङकङमा विद्ममान नेपाली संघ संस्थाहरुमा छुट्टै पहिचान बनाउन सफल संखुवा सभा समाजले सन २००८ बाट शुरु गरेको वृक्षरोपण कार्यक्रमलाई यो साल -जुलाई ११ तारिख) पनि निरन्तरता दिएको छ । बिदेशमा बसे पनि हङ्गकङ्ग हाम्रो कर्म थलो बनेकोले हामीरुले यहा“को बिकासमा टेवा पु-याउन केहि योगदान गर्नु पर्ने हुनाले यहांको वातावरणलाई प्रदुषण मुक्त राख्न यो कार्यक्रमलाई निरन्तरता दिएको कुरा अध्यक्ष श्री हेम राईले बताउनु भो । गतीविधीहरुको हिसावले हाम्रा कार्यक्रमहरु नितान्त नौलो हुने भएकोले संखुवा सभा समाजको छुट्टै पहिचान बनेको बताउछन सल्लाहकार श्री उपेन्द्र कोरंगी । ४० जनाको सहभागीता रहेको उक्त कार्यक्रममा २०० नयां बिरुवाहरु थपिएका थिए । सधैं जागीर, घर धन्दा र भीडभाडबाट मुक्त रहन र नेपालको डांडाकांडा वन जंगल अनि उकाली ओरालीको तिर्सना मेटाउन यस्तो कार्यक्रम समय समयमा आयोजन गर्नु पर्ने कुरामा जोड दिन्छन अर्का सल्लाहकार श्री चक्र बहादुर राई ।
सबै भन्दा रोचक पक्ष त संखुवासभा जिल्ला निवासी ८० बर्षो बृद द्धय श्री भक्त बहादुर गुरुङ्ग र टेक बहादुर गुरुङ्ग सो कार्यक्रममा सहभागी हुन पाएकोमा असाध्यै खुशी देखिन्थे । समुद्र सतहबाट ३४० मीटर उचाईमा रहेको सो डांडा चढ्ने सवालमा स्वां स्वां र फ्वां फ्वां गर्दै कठिनाईको महशुस गर्दा संखुवासभा जिल्लामा गाईने हाक्पारे कुर्रै ढाडे गीतको बोल गाएर सहभागीहरु सबैलाई हौस्याएको देख्न पाइन्थ्यो । श्री हेम राईको संयोजन रहेको उत्त कार्यक्रममा श्री ब्रि्रम गुरुङ्ग र श्री र्टार्जन राइले भीडीयो गा्रफी र फोटो गा्रफी गरेका थिए । उपाध्यक्ष श्री तुल बहादुर गुरुङ्ग , एम बी राई , कुमार गुरुङ्ग, कृष्ण गुरुङ्ग, बिर बहादुर राईले ब्यबस्थापन गरेको सो कार्यक्रममा हङ्गकङ्ग स्थित नेपाली संचार माध्ययमहरु एच के नेपाल डट कम र एभरेष्ट साप्ताहिकको तर्फाट फोटो पत्रकार श्री अम्बु गुरुङ उपस्थित हुनुहुन्थ्यो । वार्षिक रुपमा आयोजना गरीने सो कार्यक्रम यो पटक तेश्रो हो । सन २००८ बाट शुरु गरीएको यो कार्यक्रमलाई भबिष्यमा पनि निरन्तरता दिने कुरा बताउंछन भूपू अध्यक्ष श्री खेमाहाङ जिमी ।
Browse » Home » » संखुवा-सभा समाज हङकङको वृक्षरोपण कार्यक्रम
संखुवा-सभा समाज हङकङको वृक्षरोपण कार्यक्रम
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “संखुवा-सभा समाज हङकङको वृक्षरोपण कार्यक्रम”
Post a Comment