Browse » Home » » आफ्नो मान्छे आफ्नै हुन्छ राजधानीमा
आफ्नो मान्छे आफ्नै हुन्छ राजधानीमा
हाम्रो संखुवासभा समाचारदाता
काठमाडौं । ऋषि लामिछानेद्वारा निर्देशित 'आफ्नो मान्छे आफ्नै हुन्छ' शुक्रबारदेखि राजधानी भित्रिएको छ।
विकास आचार्यद्वारा लिखित कथामा जे–जति घृणा, असन्तुष्टि र आक्रोश भए पनि अन्त्यमा काम लाग्ने भनेको आफ्नै मान्छे हो भन्ने पुस्ट्याइँ गर्न झन्डै साढे दुई घण्टा खर्चिइएको छ। मोफसलमा धेरै 'आफ्ना मान्छे बटुलेको र आम्दानी राम्रै गरेको' दाबी गरिएको फिल्म राजधानीको विश्वज्योति र गंगाबाहेकका सबै हलमा चलिरहेको छ। फिल्म मसलेदार फिल्मकै परिस्कृत रुप हो, दर्शकले नयाँ खास केही पाउन नसके पनि अन्य फिल्ममै हुनेजस्तै छायाँकन यसमा पनि देखिन्छ। दृश्यमा नायिका खलपात्रको कुदृष्टिसँगै जबर्जस्तीको प्रयास, खलपात्रलाई मुक्का हान्दै हुने नायकको प्रवेश, प्रेम, संघर्ष अनि मिलन। 'आफ्नो मान्छे आफ्नै हुन्छ' प्रेम कथामा आधारित चलचित्र हो। पोस्टरमा नायक विराज भट्ट, मुकेश ढकाल, अरुणिमा लम्साल र रेखा थापाका टाउका हेरेर फिल्म हेर्न जानेका लागि पनि फिल्ममा ठूलै प्रेमकथाको आशा हुन सक्छ, आफ्नी प्रेमिकालाई सुरक्षित राख्न विराजको मुड्की खलपात्रमा बज्रेला, हावामा उड्दै खुट्टा नचाउला भन्ने आशा हुन सक्छ। सोचेकै जस्तो मात्र हुने भए के फिल्म? अलिकति नाटकीय भएन भने फिल्म नचल्ला भन्ने कथाकार विकासले पनि बुझेको हुनुपर्छ। सुरुमा फिल्म हेर्दै जाँदा दर्शकको सोझो बुझाइमा बर्षा (रेखा) अग्नि (विराज) लाई अत्यधिक मन पराउँछे तर अग्नि भने गृष्मा (अरुणिमा) लाई चाहन्छ। अग्निको भाग्य पनि बर्षाको जस्तै हुन्छ किनकि गृष्मा पनि अर्कै केटो राहुल (मुकेश) लाई मन पराउँछे। सरसर्ती हेर्दा 'वान साइडेड लभ' को झल्को दिने यस किसिमको प्रेम संरचनाले फिल्म वियोगी होला भन्ने अनुमान गर्न सकिन्छ, तर फिल्ममा नायिका रेखा थापालाई मिनिस्कर्टको बन्देज हुने भूमिका छैन, ग्ल्यामर देखिन चाहने उनलाई ऋषिले पनि सघाइदिएका छन्। प्रेममै चुर्लुम्म डुबेकाले एक्सन नहोला कि भन्नेहरुलाई अग्निले धोका दिने छैनन्। प्रेमकै रस्साकस्सीबीच अघि बढेको कथामा थप मोड आउँछन्। गृष्माको लागूऔषध दुर्व्यसनी दाजुको दुई वर्षअघि पोखरामा केही गुण्डाले हत्या गरिदिएका हुन्छन् जब कि पोखराको गुण्डा मानिने अग्नि पनि सोही समयमा पोखराबाट त्यहाँ आएको हुन्छ। बर्षाको पुलिस दाजुले यसबारेमा खोजीनीति गर्न थाल्छ। तर फिल्ममा हत्याराको चासो त्यति हुँदैन, जति रहस्यमयी बनेको अग्निको परिचय खुल्छ। उसको परिचयसँगै सबै कुरा सहज बन्दै जान्छन् र फिल्म संयोगमा टुंगिन्छ। फिल्ममा मुकेश अरूणिमाको चुम्बनदृश्य अनि रेखाको सर्पसँग गरेको 'आइटम डान्स' लाई मसलाका रुपमा प्रयोग गरिएको छ। अस्वभाविक हाउभाउ र संवादको भारी बोकाइदिए पनि बालकलाकार इशान रावतको भूमिकाले थप मनोरञ्जन दिन्छ। केही अनावश्यक दृश्य र कमजोरीबाहेक फिल्म हेर्दा दर्शकको साढे २ घण्टा बिताउन सक्ने खालकै छ।
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “आफ्नो मान्छे आफ्नै हुन्छ राजधानीमा”
Post a Comment