Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

"एकदम भिन्न र रमाइलो अनुभूति भैरहेको छ"- मनिषा


बलिउड नायिका मनिषा कोइराला यतिबेला आफ्ना पति सम्राटसँग फिनल्यान्डको जंगलमा हनिमुन मनाइरहेकी छिन् । उनको हनिमुनबारे विहिबार अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले महत्वका साथ समाचार प्रसारण गरेका छन् ।
समाचारमा जनाइएअनुसार प्रकृतिप्रेमी मनिषा र सम्राट मध्य फिनल्यान्डको साइभी इलाकामा छन् । त्यहाँस्थित संवाददाताहरुसँग कुरा गर्दै मनिषाले आफू पति सम्राटको आग्रहमा फिनल्यान्ड आएकी बताइन् ।
'एकदम भिन्न र रमाइलो अनुभूति भैरहेको छ' मनिषाले भनिन् । यो दम्पत्तिले फिनल्यान्डको जंगलमा क्यानोइङ सफारी र साउनाको मजा लिइरहेको छ । उनकी फूफ तथा वर्तमान परराष्ट्रमन्त्री सुजाता कोइरालाले पछिल्लो वर्षायाममा फिनल्यान्ड भ्रमण गरेकी थिइन् ।फिनल्यान्डपछि मनिषा जर्मनीमा आयोजना हुने फिल्म फेस्टिभलमा सहभागी हुनेछिन् । झन्डै एकमहिनासम्म उनीहरुले मधुमाष मनाउनेछन्

Comments :

0 comments to “"एकदम भिन्न र रमाइलो अनुभूति भैरहेको छ"- मनिषा”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger