Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

एसएलसी परिक्षाको नतिजा प्रकाशित, ६४ दशमलब ३१ प्रतिशत बिद्यार्थी उतिर्ण

संखुवासभा समाचारदाता
२०६६ सालको एसएलसी परिक्षामा ६४ दशमलब ३१ प्रतिशत बिद्यार्थी उतिर्ण भएका छन् । परिक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले केही बेर अघि मात्रै सार्वजानिक गरेको एसएलसी परिक्षाको नतिजा सार्वजानिक गरेको हो ।
परिक्षामा सहभागी ४ लाख ५६ हजार ४ सय १९ जना परिक्षार्थीमध्ये २ लाख ४७ हजार ६ सय ८९ जना परीक्षार्थी उत्तीर्ण भएका हुन् । जसअनुसार १६ हजार ८ सय ७९ जना उत्कृष्ट श्रेणीमा उतिर्ण भएका छन् । त्यस्तै ९३ हजार ३ सय ३९ जना पहिलो श्रेणी, १ लाख २८ हजार ७७ जना दोश्रो श्रेणी तथा ९ हजार ४ सय १६ जना तेश्रो श्रेणीमा उतिर्ण भएका छन् ।
साथै एक्जाम्जेड तर्फ २९ दशमलब १८ प्रतिशत उतिर्ण भएका छन् । गत बर्षको नतिजाको तुलनामा ४ प्रतिशतले उतिर्ण संख्या घटेको छ । गत साल ६८ प्रतिशत परिक्षार्थी एसएलसी परिक्षामा उतिर्ण भएका थिए ।

Comments :

0 comments to “एसएलसी परिक्षाको नतिजा प्रकाशित, ६४ दशमलब ३१ प्रतिशत बिद्यार्थी उतिर्ण”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger