Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

आक्रमणको मूल्य चौध अर्ब

हाम्रो संखुवासभा समाचारदाता
युद्धको पीडा कति दीर्घकालीन र खर्चिलो हुँदोरहेछ भन्ने कुरा युद्ध सकिएको वर्षौं बितिसक्दा पनि खर्च नरोकिएको घटनाले स्पष्ट पारेको छ।
दसवर्षे माओवादी जनयुद्धमा ध्वस्त पारिएका स्वास्थ्यचौकी, रेन्जपोस्ट, हुलाक, प्रहरीचौकीलगायतका सरकारी भवन ३९ सयवटा मर्मत हुन बाँकी छन्। यी सबै ध्वस्त संरचना पुनर्निर्माण गरी पूर्वावस्थामा फर्काउन राज्यलाई अझै कम्तीमा पनि चार वर्ष लाग्नेछ। नौ अर्बमा टुंगिने सुरुको अनुमान रहे पनि यसको सम्पूर्ण खर्च १४ अर्ब लाग्ने अनुमान गरिएको छ। हाल निर्माणका क्रममा रहेका २८ सयवटा संरचनाको निर्माण पूरा हुन अझै एक आर्थिक वर्षसम्म पर्खनुपर्नेछ। पुनर्निर्माणमा हालसम्म जम्मा साढे ५ अर्ब रूपैयाा शान्ति मन्त्रालयमार्फत सरकारले खर्च गरिसकेको छ भने अबको आर्थिक वर्षका निम्ति दुई अर्ब ८० करोड छुट्याउन लागिएको छ। हुन त पहिले साना रहेका भवन हालको आवश्यकतालाई हेरी विस्तार गर्दा पनि खर्च बढेको छ। धनगढीमा भन्सारको एकतले भवन थियो। यसलाई माओवादीले बम हानेर उडायो। हाल त्यहाा चार तलाको आधुनिक भवन निर्माण गरिएको छ। यसैगरी, अछामको अदालत पनि पहिलेको भन्दा ठूलो र राम्रो निर्माण भएको छ। उता, जुम्लामा भने ध्वस्त भवनमा रकम खर्च गर्नुको सट्टा चक्रपथ बनाइदेऊ भनिएपछि अनुमान गरेभन्दा बढी रकम खर्च भइरहेको छ। यसैबीच, स्व. गिरिजाप्रसाद कोइरालालाई सिंगापुरमा लगी उपचार गराउने नाममा सुजाताले गरेको होटलखर्चबापतको १९ लाख रूपैयाा निकासा दिइएको छ। बिल(भर्पाईको अभावका कारण रोकिएकोमा मन्त्रिपरिषद्को बैठकले निर्णय गरी दिएको हो। स्मरण रहोस्, यसअघि नै सुजातामार्फत प्रस्तुत उपचार खर्च सरकारले एक करोड ३७ लाख दिइसकेको छ।
यस्तै केशमा नेपाली सेनाका एक उच्चाधिकारीले चाहिं अहिलेसम्म रकम हात पार्न सकेका छैनन्। यी बर्दिधारी मेडिकल बोर्डको सिफारिस बनाएर उपचार गराउन कुरुवासहित दिल्ली गएका थिए। तर, त्यहााको डाक्टरले केही पनि भएको छैन भनी फर्काइदियो। तिनै हाकिमले अस्ति आइतबार भाडासम्म भए पनि पाऊँ भनी सरकारको दैलो ढकढक्याएका छन्।

Comments :

0 comments to “आक्रमणको मूल्य चौध अर्ब”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger