Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

माओवादी नै सहमतिको बाधक : सुजाता कोइराला

हाम्रो संखुवासभा समाचारदाता
, ५ असार। उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालाले हाल जारी राजनीतिक सहमतिको अवरोध एकीकृत नेकपा (माओवादी) रहेको टिप्पणी गर्नुभएको छ।
मित्रराष्ट्र भारतको ६ दिने भ्रमण पूरा गरी आज स्वदेश फर्किनुभएकी उपप्रधानमन्त्री कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संवाददातासँग कुरा गर्दै जनआन्दोलन २०६२–६३ का सहयात्री राजनीतिक दलसँग माओवादीले विगतमा गरेका सहमतिको कार्यान्वयन नगरेर माओवादी सहकार्यको राजनीतिमा बाधक बनेको टिप्पणी गर्नुभयो।
कोइरालाले आफू भारत रहँदा भारतीय राजनीतिक दलका केही नेता एवम् नेपालका शुभेच्छुकसँग भेटघाट गरेको र उनीहरु नेपालमा दिगो शान्ति र समयमै नयाँ संविधानको पक्षमा रहेको बताएको जानकारी दिनुभयो।
कोइरालाले नेपालको विशेषगरी मधेस क्षेत्रमा जारी हत्याहिंसाको विषयलाई लिएर नेपाल र भारतको सीमाक्षेत्रको सुरक्षा संयन्त्र र यसको चुस्तताका विषयमा पनि सम्बद्ध निकायसँग छलफल गरेको जानकारी दिनुभयो।

Comments :

0 comments to “माओवादी नै सहमतिको बाधक : सुजाता कोइराला”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger