कान्तिपुर संवाददाता
अषाढ ६ - कांग्रेस कार्यवाहक सभापति सुशील कोइरालाले सरकारको नेतृत्वबारे पार्टीमा कुनै विवाद नरहेको भन्दै केन्द्रीय समिति, संसदीय दल एवम संसदीय वोर्डको समन्वयमा बिधिसम्मत नेतृत्व चयन गरिने बताएका छन् ।
राजधानीमा आइतबार आयोजित साक्षात्कारमा सहमतीय सरकारको नेतृत्व गर्न पार्टी तयार रहेको भन्दै उनले त्यस्तो स्थिति आएमा नेतृत्व सर्वसम्मत चयन हुने दावी गरे । उनले सरकारको नेतृत्वलाई लिएर कांग्रेसमा विवाद छ भन्ने हल्ला निराधार रहेको पनि बताए ।
कांग्रेस केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्रीको उम्मेदवार चयन गर्ने बिषयलाई लिएर संसदीय दल र पार्टी विधानमा भएको व्यवस्थाबारे नेताहरुले आ-आफ्नै व्याख्या गरेपछि विवाद भएको थियो ।
दलको बिधानमा सरकारको नेतृत्व दलका नेताले गर्ने उल्लेख छ भने पार्टी बिधानमा सरकारमा पठाउने मन्त्रीहरुको नाम, सांसद, स्थानीय निकायका पदाधिकारीका लागि टिकट दिने अधिकार संसदीय समितिलाई हुने उल्लेख गरेकाले बरिष्ठ नेता शेरबहादुर देउवा र दलका नेता पौडेल पक्षधरले आ-आफ्नै ब्याख्या गरेपछि विवाद भएको हो ।
उनले राजनीतिक विवाद समाधान नभएसम्म प्रधानमन्त्रीले राजीनामा दिन नहुने पनि धारणा राखे । तर सेना समायोजनका बिषयमा स्पष्ट नभएसम्म माओवादीले सरकारको नेतृत्व गर्न नसक्ने उनले बताए ।
Browse » Home » » बिधिसम्मत सरकारको नेतृत्व चयन गर्छौः कोइराला
बिधिसम्मत सरकारको नेतृत्व चयन गर्छौः कोइराला
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “बिधिसम्मत सरकारको नेतृत्व चयन गर्छौः कोइराला”
Post a Comment