हाम्रो संखुवासभा समाचारदाता
एकीकृत नेकपा माओवादीको पदाधिकारीहरुले सरकारको नेतृत्व आफ्नै पार्टीले गर्नुपर्ने दावीबाट पछाडि नहट्ने निचोड निकालेका छन्। आफ्नै पार्टीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने र सरकारको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने निर्णयसमेत दोहोर्याएको छ।
पार्टी अध्यक्ष्ा प्रचण्ड निवास नयाँ बजारमा बसेको पदाधिकारीहरुको बैठकले सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले तयार पारेको प्रस्तावको बारेमा पनि छलफल गरेको छ। दुई पार्टीले तयार पारेको प्रस्तावमा एकलौटी भएको निष्कर्षसमेत माओवादी पदाधिकारीहरुले निकालेका छन्।
प्रस्तावमा सरकारको नेतृत्व सहमतिका आधारमा गर्ने उल्लेख गरिएको छ। प्रस्तावका बारेमा स्थायी समितिको बैठकबाट टुङ्गो लगाएर आधिकारिक धारणा सार्वजनिक गर्ने पदाधिकारीहरुले जनाएको छन्। तीन ठूला दलबीच भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा पनि छलफल भएको थियो।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “अबको प्रधानमन्त्री प्रचण्ड नैः माओवादी”
Post a Comment