Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

एकिकृत माओवादीद्धारा मल कब्जा

विजय सन्तोषी राईधनकुटा
धनकुटा २७ जेठ ; धनकुटा र तेह्थुमको सिमानामा रहेको बसन्तपुर बजारमा आज एकिकृत नेकपा माओवादीले रासायनिक मल कब्जामा लिएको छ ।
बसन्तपुरबजारका स्थानीय व्यापारी छेतन शाहले अनाधिकृत रुपमा युरियाडिएपीपोटास लगायतका मल ल्याई गोदाम राखेको अवस्थामा पार्टीले कब्जामा लिएको एकिकृत नेकपा माओवादीका बसन्तपुर इलाकाका इन्र्चाज रविन्द्र पिठाकोठे मगरले वताउनु भयो ।
कब्जामा लिएको युरियाडिएपीपोटास गरी ५० बोरा रासायनिक मल रहेको समेत एकिकृत नेकपा माओवादीका इार्चाज पिठाकोठे मगरले वताउनु भयो ।
निज व्यापारी शाहले यस अघिपनि पटक पटक कृषि सामाग्री कम्पनी लिमिटेको विराटनगरबाट मल ल्याएको भन्दै तेह्थुमधनकुटा र संखुवासभाका कृषकहरुलाई अत्यधिक मुल्य लिएर डुब्लीकेट मल कमसल खालको मल कालो बजारीको रुपमा बिकि्र वितरण गर्दै आएका छन ।
जवकी कृषि सामाग्री कम्पनीको मल सहकारी मार्फत मात्र बिकि्र वितरण हुने गर्छ ।
खेती गर्ने अहिलेको समयमा मल नपाएर कृषकहरु हाहाकार भएका अवस्थामा कृषि सामाग्री कम्पनी लिमिटेडको मल भनी डुब्लीकेट मल कालो बजारीको रुपमा अनाधिकृत रुपमा यसरी ओसार पसार गरी विकि्र वितरण गरि रहदा पनि स्थानीय प्रशासनले ध्यान नदिएपछि पार्टीले बाध्य भएर कब्जामा लिनु परेको एकिकृत नेकपा माओवादीले जनाएको छ ।

Comments :

0 comments to “एकिकृत माओवादीद्धारा मल कब्जा”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger