Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

आफूले प्रधानमन्त्रीको दावी नगर्ने भट्टराई

हाम्रो संखुवासभा समाचारदाता


असार । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले शान्ति र संविधानको मुद्दालाई किनारा लगाएर आफूले प्रधानमन्त्रीको दावी नगर्ने बताउनुभएको छ ।राजधानीको मल्ल होटलमा शुक्रवार विहान आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै डा। भट्टराईले सबै दलका नेताहरु शान्ति र संविधानको राष्ट्रिय एजेण्डालाई बिसे्रर आफूलाई प्रधानमन्त्री दावी गर्न लागि परेकोमा चिन्ता ब्यक्त गर्नुभयो ।ुयस्तो अबस्थामा मैले प्रधानमन्त्रीको दावी गर्दिनँ पार्टीभित्रबाट जसको नाममा सहमति जुट्छ उहाँलाई म सघाउन तयार छुु डा भट्टराईले भन्नुभयो ।

माओवादी शान्तिप्रकि्रयाको आधा हिस्सा भएकाले माओवादीकै नेतृत्वमा राष्ट्रिय सरकार बनेमात्र नयाँ संबिधान र राज्यको पुनःसंरचना सम्भव हुने भन्दै नेता भट्टराईले अन्य पार्टीसँगको सहमतिमा आफ्नो पार्टीबाट जसलाई प्रधानमन्त्रीमा पठाएपनि आफूलाई मान्य हुने र सहयोग गर्ने स्पष्ट पार्नुभयो ।

Comments :

0 comments to “आफूले प्रधानमन्त्रीको दावी नगर्ने भट्टराई”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger