Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

डोजर परिचालनले सडक निर्माण १० गुणा सस्तो

हाम्रो संखुवासभा समाचारदाता
सङ्खुवासभा । खाँदबारी नगरपालिकामा डोजर भित्र्याएपछि नगर क्षेत्रमा ११० किलोमिटर सडकको कच्ची डोब तयार भएको छ । डोजरले सरदर डेढ लाख रुपैयाँमा एक किलोमिटर सडक निर्माण गर्छ । मनवीय श्रममा यो १० गुणाबढी सस्तो हो ।
खाँदबारी- १ का सुमन शाक्यले करिव १ करोड रुपैयाँ लागतमा ्रपिसी २००ु डोजर ल्याएपछि खाँदबारी नगरपालिका र जिविसको लगानीमा नगरमा सडक निर्माण अभियान चलेको छ । सडकमा उपभोक्ताको चासो देखिएपछि ६ वटा डोजर भित्रिएका छन् । डोजरलाई भोजपुरको िदंला सङ्खुवासभाको किमाथांका जोड्ने बाह्रबीसे गुराँशको राजधानी तीनजुरे मिल्के र जलजले खाँदबारीसमेतका स्थानमा सडक निर्माणमा लगाइएको छ ।
डोजरले सडक निर्माण गर्न थालेपछि मानवीय श्रमभन्दा कम लागत पर्ने भन्दै वडावडामा डोजर लान माग भइरहेको हो । खाँदबारी- १ को टुडिखेलसँगैबाट निर्माण थालिएको वडा १० को राम्चे खण्डमा छोटो अवधि र कम लागतमा सडक निर्माण गरिएपछि नगरका १३ वटै वडामा डोजरको माग हुन थालेको छ । नगरको ४ र ६ मा मात्र सडकको डोब बनेको छैन । बाँकी वडामा सडकले कच्ची डोब निकालेपछि ट्याक्टर र ट्याक्सी साचालन भइरहेका छन् ।

संविधानसभा निर्वाचनपछि जिल्ला भित्र्याएको डोजरले करिव ११० किलोमिटर सडक निर्माण पूरा गरेको उपभोक्ता समितिहरु जनाउछन् । हाल खाँदबारी धुपु मत्स्येपोखरी मादीमूलखर्क मादीराम्बेनी मावादिन दिदिङ सित्तलपाटीसमेत २४ वटा गाविसमा सडक निर्माण तीव्रगतिमा भइरहेको छ । सडक निर्माणमा डोजर सस्तो भएपछि नयाँ डोजर भित्रनेक्रममा छन् । २ वटा डोजर जिल्लामा ल्याउन लागिएको एक व्यवसायीले बताए । यी सबै डोजर सडक निर्माणमा लागि रहेकोले आगामी २ वर्षमा जिल्लाका ३३ गाविस र खाँदबारी नगरका गाउँगाउँमा सडकको डोब पुग्ने एमाले अध्यक्ष उमेशकुमार डाँगी बताउनुहुन्छ ।
सडकप्रतिको आकर्षणले गाविसहरुले विकास बजेटको ठूलो अंश सडकमै विनियोजन गरेका छन् । स्यावुनका सचिव प्रेमबहादुर श्रेष्ठका अनुसार गाविसबासीले अन्य योजना थाँतिराखेर सडकमै रकम लगानी गर्न भनेपछि पर्याप्त बजेट विनियोजन गरिएको छ । उहाँ सबै गाविसले सडकमा ५- ७ लाख रुपैयाँ दरमा सडकमा रकम लगाएको बताउछन् । सडक निर्माण उपभोक्ताले डोजर प्रतिघण्टा २ हजारदेखि ३ हजार रुपैयाँदरमा सडक खन्न भाडामा लिने गरेका छन् ।
खाँदबारीका १ २ ३ १० ११ ५ ७ देखि ९ वडामा डोजरले करिव ५५ किलोमिटर सडक निर्माण गरेको डोजर चालक कृष्ण आचार्यले भने उपभोक्ताको सडकमोह हेर्दा एकडेढ बर्षमा सडकको जालोले संखुवासभा बेर्नेदेखिन्छ । दिदिङ मत्स्येपोखरी धुपु बाह्रबीसे सिद्धकाली सिद्धपोखरी मावादिन गाविसमा थप ५५ किलोमिटर सडक निर्माण भएको जिविसको योजना शाखाले जनाएको छ ।
खाँदबारी नगरपालिका परिचालन राजनीतिक दल संयन्त्रका सदस्य कांग्रेसका सहसचिव बाबुराम खत्री विकासको पहिलो खुड्किलो सडक यातायात भएकोले जनता सडक निर्माणमा जुटेको टिप्पणी गर्छन् जिविस नगर र गाविसमा उपभोक्ता सडकका लागि रकम माग गर्न थालेपछि बजेटले पुर् याउन धौंधौं परेको जिविस जनाउछ ।
जिविसले सडक गुरु योजना तयार गर्ने भएको छ । यसै वर्ष बन्ने गुरु योजनाले थप सडक निर्माणका लागि दीर्घकालीन नीति ल्याउनाले सडकको जालोले केही वर्षमा जिल्लालाई बेर्ने स्थानीय विकास अधिकारी पशुपति आचार्यले बताउनुभयो । स्थाविअ आचार्यका अनुसार सबै गाविस र जिविसको अधिकांश विकास बजेट पूर्वाधारको पहिलो अंग सडकमै लगाउने राजनीतिक दल र कार्यालयबीच सहमतिअनुसार काम भइरहेको छ ।
साथमा तस्विर पनि छ

Comments :

0 comments to “डोजर परिचालनले सडक निर्माण १० गुणा सस्तो”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger