Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

गोकर्ण रिसोर्टमा मनीषाको बिहे

हाम्रो संखुवासभा समाचारदाता
बूढापाकाले त्यसै भनेका हैनन्, जोडी बनाएर बन्ने हैन, माथिबाट नै लेखेर आउनु पर्छ। वीपी कोइरालाकी नातिनी तथा बलिउड अभिनेत्री मनीषा कोइराला र नेपाली व्यापारी घरानाका सम्राट दाहालको जीवनमा पनि त्यस्तै भयो। मनीषाको कयौँ जनासँग अफेयर चल्यो। कयौँ जनासँग बिहे हुने खबर पत्रपत्रिकामा छापिए। तर लगन जुरेको रहेछ नेपाली सम्राटसँग। शुक्रवार स्वय‍ंवरपछि उनीहरु औपचारिक रुपमा एकअर्काका भएका छन्। गोकर्ण फरेस्ट रिसोर्टमा अब शनिवार र आईतवार बिहेको भोज छ। दुलही अन्माएर सम्राटले लैजाने कार्यक्रम छ। फिलिममा धेरै पटक बिहेको अभिनय गरिसके पनि यस पटक भने साँच्चिकै बिहे गर्दैछन् मनीषाले।

आशा गरौँ, ४१ वर्षको उमेरमा मनीषाले गरेको यो बिहे सफल होस्। दुलहादुलहीलाई शुभकामना ! फोटो सौजन्यः विनोद जोशी/एपीगोकर्ण रिसोर्टमा मनीषाको बिहेको भिडियो दृश्य

अमेरिकामा अध्ययन गरेर फर्किएका दाहाल नेपालमा वैकल्पिक ऊर्जासम्बन्धी कम्पनीका मालिक छन्। उनका पिता सुरेन्द्र दाहाल छालाको जुत्ता उत्पादन गर्ने कम्पनी लेदर विङ्ग्सका मालिक हुन्। पुर्ख्यौली घर सिन्धुली हो उनीहरुको। अहिले चाहिँ उनीहरु महाराजगञ्ज बस्ने गर्छन्। सम्राट नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) ब्याङ्कको केन्द्रीय कार्यालय बागबजारमा कार्यरत छन्।
हेर्नुस् ।

Comments :

0 comments to “गोकर्ण रिसोर्टमा मनीषाको बिहे”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger