हाम्रो संखुवासभा समाचारदाता
माओवादी पोलिटव्युरो बैठकले सबै लडाकु समायोजनका योग्य भएको र सबैको समायोजन हुनुपर्ने निर्णय गरेको भोलिपल्ट रक्षामन्त्री बिद्यादेबि भण्डारीले माओबादीका सवै लडाकु सुरक्षा निकायमा समायोजन असम्भव भएको बताउनुभएको छ ।
माओबादीले गरेको भन्दै उहाँले 'बार्गेनिङ्ग' भन्दै विगतको सम्झौता बिपरीत भएको प्रतिक्रिया दिनुभएको छ ।
'अन्तर्राष्ट्रिय मापदण्डले एक हतियार एक लडाकुलाई मान्यता दिएको छ' पोखरा बिमानस्थलमा आइतबार पत्रकारहरुसँगको भेटमा उहाँले भन्नुभयो 'यहाँ ३४ सय हतियार भएकोले पनि सबै समायोजन हुनसक्दैन ।'
उहाँले अन्तराष्ट्रिय मान्यता अनुसार एक हतियार एक लडाकु भनिएपनि राष्ट्रिय सुरक्षा निकायले तोकेको मापदण्ड पूरा गरेको मात्र योग्य हुने बताउनुभयो ।
सुरक्षा निकायमा सामुहिक रुपमा लडाकु समायोजन हुन नसक्ने बताउँदै उनले ब्यक्तिगत ईच्छाका आधारमा मात्र लिन सकिने जानकारी दिनुभयो । 'माओबादीले भने जस्तै सामुहिक रुपमा समायोजन हुन सक्दैन' लडाकुलाई आर्कषक प्याकेजमार्फत समाजमा पुर्नस्थापना गराउनुपर्ने सरकारको धारणा रहेको बताउँदै उहाँले भन्नुभयो 'योग्य लडाकु ईच्छा भए सुरक्षा निकायमा आउन सक्छ ।'
उहाँले माओबादीले लडाकु र समायोजन बारे विगतका सम्झौता र सहमतिको उल्लघन गरेको आरोप लगाउनुभयो । 'लडाकुलाई राजनीतिक दस्तामा परिणत गर्छौ भन्ने माओबादी बचनप्रति प्रतिबद्व हुन्थ्यो भने संबिधान सभाको निर्बाचन पछि शिबिरका हतियार राज्यलाई बुझाउनुपथ्र्यो, नभए नष्ट गरेर शिबिर खाली गर्नुपथ्र्यो' उहाँले भन्नुभयो 'तर अहिले सबै समायोजन गर्नुपर्छ भनिरहेका छन ।'
उहाँले सरकार माओबादी लडाकु र हतियारको समस्या बैधानिक ढंगले समाधान गर्न चाहेको बताउनुभयो । उहाँले माओबादीले लोकतान्त्रिक परिपाटीलाई त्यागेर एकदलिय राजनीतिमा लागेको आरोप लगाउँदै त्यसकै कारण सरकारको नेतृत्व गर्न अयोग्य बनेको बताउनुभयो । उहाँले भन्नुभयो 'माओबादीलाई सत्ता सुम्पेर देशलाई अधिनायकबादतर्फ लान दिदैनौं ।'
Browse » Home » » "सबै लडाकु समायोजन हुनै सक्दैन, बुरु एउटा पनि नपर्न सक्छ"
"सबै लडाकु समायोजन हुनै सक्दैन, बुरु एउटा पनि नपर्न सक्छ"
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “"सबै लडाकु समायोजन हुनै सक्दैन, बुरु एउटा पनि नपर्न सक्छ"”
Post a Comment