हाम्रो संखुवासभा समाचारदाता
१४ असार, काठमाडौं । प्रधानमन्त्री माधबकुमार नेपालका व्यक्तिगत सुरक्षाकर्मी नेपाली सेनाका कर्णेल मनबहादुर बस्नेत अपहरण प्रकरणमा मुछिएका छन् । लेनदेनको विषयमा कर्णेल बस्नेत र उनकी पत्नी कल्याणी िसंहले आफूलाई अपहरण गराएको काठमाडौं ज्ञानेश्वरका पवनराज जोशीको दावी छ ।
जोशीका अनुसार कर्णेल बस्नेतले शनिबार करिब पाँच घण्टा अपहरण गरेर छाडेका थिए ।
आफूलाई कर्णेल पत्नी कल्याणीले लामो समयदेखि धम्क्याउँदै आएको र पाँच जना व्यक्तिको एक समूहले अपहरण गरेको बारे जाहेरी प्रहरीले लिन नमानेको जोशीको गुनासो छ ।
जोशी परिवारले आफ्नो र जिउधनको सुरक्षाको लागि राष्ट्रिय मानवअधिकार आयोग प्रशासन र सन्चारकर्मीलाई अपिल गरेका छन् । अपहरणकारीको आरोपित बस्नेतले आफ्नो भनाई अहिले सम्म सार्वजनिक गरेका छैनन् ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “प्रधानमन्त्रीका सुरक्षागार्ड अपहरणकारी !”
Post a Comment