Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

तमोर नदीमा ट्याक्टर बेपत्ता

रमेशचन्द्र अधिकारी
धनकुटा, अषाढ ११ - मुलघाट नजिक तमोर नदीमा गए राति निर्माण सामाग्री बोकेको एक ट्याक्टर डुबेर बेपत्ता भएको छ । धरानबाट निर्माण सामाग्री लिएर सहायक सडक वेलहाराबेसींतर्फ जाँदै गरेको को १ त ५२६७ नंबरको ट्याक्टर भीरबाट झर्दा नदीमा खसेको प्रहरीले जनाएको छ । चालक भने पौडेर बच्न सफल भएका छन् । ट्याक्टरको खोजी कार्य भइरहेको छ ।

यसैगरी गए राति धनकुटा नगरपालिका ३ आत्मारामा मोटरसाइकल दुर्घटना हुँदा दुई यात्रु गम्भीर घाइते भएका छन् । साढे ९ बजे राति सडकमा गाईसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । को ३ प ३१९१ नंबरको सो मोटरसाइकलमा सवार धनकुटा ७ का सामु राई र अमृत राई गम्भीर छन् । अमृतको बिराटनगर न्यूरो अस्पतालमा र सामुको धनकुटामा उपचार भइरहेको छ ।

यसैबिच सदरमुकाममा विगत एक सातामा दैनिकरुपमा मोटरसाइकल दुर्घटना हुँदै आएको प्रहरीले जनाएको छ । यसक्रममा ५ दुर्घटनामा १० घाइते भएका छन् । वषर्ात्मा पानी परेको समय ओरालोमा चिप्लिएर अधिकांश दुर्घटना भएको छ भने सडक ओगटेर निर्माण सामाग्री राख्ने, गाइवस्तु छाडा छोड्ने, तिब्र गतिमा सवारी चलाउने र सडकमा मोबिल पोख्दा सवारी चिप्लिएर दुर्घटना बढ्ने गरेको ट्राफिक इन्चार्ज बशन्तबहादुर अधिकारीले जानकारी दिए।

Comments :

0 comments to “तमोर नदीमा ट्याक्टर बेपत्ता”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger