अमृत खरेल,
असार ११ । झारखण्ड लगायतका राज्यमा बढिरहेको माओवादी प्रभावको कारण देखाउँदै नेपालमा माओवादीले गरेको संघर्षलाई समेटेर तयार पारिएको एक वृत्तचित्र प्रदर्शन गर्न भारतले रोक लगाएको छ ।
आशिस श्रीवास्तव र आनन्द स्वरुप बर्माकोनिर्देशनमा बनेको १२५ मिनेट लामो फ्लेम अफ द स्नो नामक वृत्तचित्रको सार्वजनिक प्रदर्शनमा दिल्लीले रोक लगाएको हो । केन्द्रीय चलचित्र प्रमाणीकरण बोर्ड नयाँ दिल्लीलेवृत्तचित्रलाई प्रदर्शन अनुमति नदिएपछि भारतीय जनताहरुले भने विरोध गरेका छन् ।
नेपालमा माओवादी आन्दोलनले निरंकुश राजतन्त्रकोअन्त्य र सामाजिक आर्थिक रुपान्तरणमा ल्याएको लहरलाई समेटिएको सो वृत्तचित्रमा भारतीय माओवादीबारे कुनै प्रसंग उल्लेख छैन ।
आनन्द स्वरुप बर्मा माओवादी आन्दोलनप्रति झुकावराख्ने वरिष्ठ भारतीय पत्रकार हुनुहुन्छ भने आशिस श्रीवास्तव यसअघि डिस्कभरी च्यानलमा काम गर्नुहुन्थ्यो ।
चलचित्र प्रमाणीकरण बोर्डले कुनै पनि अतिवादलाईसमर्थन गर्ने खालको वृत्तचित्रलाई स्वीकृति दिन नसकिने जनाएको छ ।
Browse » Home » » नेपाली माओबादी आन्दोलनको वृत्तचित्र भारतमा प्रतिवन्धित
नेपाली माओबादी आन्दोलनको वृत्तचित्र भारतमा प्रतिवन्धित
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “नेपाली माओबादी आन्दोलनको वृत्तचित्र भारतमा प्रतिवन्धित”
Post a Comment