हाम्रो संखुवासभा समाचारदाता
धनकुटा सेनाले धनकुटाको हिलेस्थित श्री नं. २ बाहिनीमा सञ्चालन भएको पेशागत तालिमको बाहिरी अभ्यासको सिलसिलाम अभ्यास इलाका धनकुटाको राम्चे डाँडामा सिपाही रेशमबहादुर भण्डारीको मृत्यु भएको घटनामा संलग्न सैनिकहरुलाई कारबाही गरेको छ। तालिम लिइरहेका बेला नसोधी बाहिर गएको भन्दै माथिल्ला दर्जाका सैनिकहरुले पाता कसेर चिसो भुइँमा लडाइ कुटपिट गरेपछि भण्डारीको माघ २७ गते मृत्यु भएको थियो।
छानबिनपश्चात पूर्वी पृतनापति उपरथी नरेन्द्रबहादुर रावलको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतबाट दोषी ठहरिएका जमदार रामकुमार तामाङलाई ७ वर्ष कैद र भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी बरखास्त गरिएको सेनाले जनाएको छ।
त्यसैगरी अमल्दार दिलबहादुर गौतमलाई ३ वर्ष कैद र भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बरखास्त गरिएको छ भने अमल्दार सुरेन्द्र कुँवरलाई ४ महिना कैद र १ दर्जा घटुवा गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
यसरी नै प्युठ कृष्णअर्जुन खड्कालाई ४ महिना कैद र १ दर्जा घटुवा, हुद्धा उमेशचन्द्र दाहाललाई ४ महिना कैद र ४ वर्ष बढुवा रोक्का, प्युठ रघुलाल तामाङलाई ४ महिना कैद र ३ वर्ष बढुवा रोक्का, सिपाही मोहन कार्कीलाई ४ महिना कैद र ३ वर्ष बढुवा रोक्का तथा प्युठ किशोर गुरुङलाई २ वर्ष बढुवा रोक्का गरिएको जानकारी पनि दिइएको छ।
साथै उक्त तालिममा कमाण्डको रुपमा खटिएका उप–सेनानी प्रवल देउलाले कमाण्डरको हैसियतले आफ्नो जिम्मेवारी बहन गरेको नदेखिएको हुँदा निजलाई ३ वर्ष बढुवा रोक्का गरिएको पनि उसले जनाएको छ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “सिपाही कुटपिटमा संलग्न ९ सैनिक कारबाहीमा”
Post a Comment