Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

लुटेराको कुटाईले एक बृद्धा गम्भीर घाईते

दिपेन्द्र राई
संखुवासभा-सित्तलपाटी गाविस ६ स्थित आफ्नै घरमा राती सुतिरहेको अवस्थामा आएका लुटुरहरुको कुटाईबाट ७० बर्षिय धनकुमारी राई गम्भीर घाईते भएकी छिन् । राती करिब १०।३० बजे आएका नाकप लगाएका हतियारधारी २ जना लुटेरहरुले बृद्धालाई दूवै हात टाउकोमा लगायत शरीरभरी चोट पुर् याई गम्भीर घाईते भए पछि लुटेरले बृद्धाले लगाएको गरगहनाको साथमा २५ हजार नगद समेत लिएर लुटेरहरु भागेको छोरा ईन्द्र बहादुर राईले जानकारी दिनु भयो । राईका अनुसार चोरी भएको उजुरी सित्तलपाटी प्रहरी चौकीमा दिएको समेत जनाएको छ । लुटेरहरुको व्यापक खोजी भैरहेको प्रहरी चौकी सित्तलपाटीले जनाएको छ । गम्भीर घाईते भएका बृद्धा राईको हाल जिल्ला अस्पताल खाँदबारीमा उपचार भैरहेको छ ।

Comments :

0 comments to “लुटेराको कुटाईले एक बृद्धा गम्भीर घाईते”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger