Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

विश्वकप फुटबल प्रतियोगिता आजदेखि

हाम्रो संखुवासभा समाचारदाता
फुटबल खेलको महाकुम्भ मानिने विश्वकप फुटबल प्रतियोगिता आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ। प्रतियोगिताको १९ औं संस्करण एक महिनासम्म चल्नेछ। विश्वकप फुटबलमा यसवर्ष ३२ राष्ट्रहरुको सहभागीता रहनेछ। जसमा ६४ खेल हुनेछन्। दक्षिण अफ्रिकाले विश्वकप आयोजनाका लािग नौ शहरमा दश वटा रंगशाला तयार पारेको छ। उद्घाटन र समापन खेल भने जोहानेसवर्गस्थित सकरसिटी रंगशालामा हुनेछ । आयोजक दक्षिण अफ्रिका र मेक्सिकोले नेपाली समयअनुसार बेलुकी पौने आठ बजे पहिलो उद्घाटन खेल खेल्नेछन्। त्यस्तै राती सवा बाह्र बजेदेखि सुरु हुने दोस्रो खेलमा फ्रान्सविरुद्ध उरुग्वे मैदानमा भिड्नेछन्। त्यसअघि सकरसिटीमा भव्य उद्घाटन समारोहको आयोजना गरिनेछ। उद्घाटनमा विश्व राजनीतिक रोल मोडल मानिने नेल्सन मण्डेलासहित नब्बे हजार भन्दा बढीको उपस्थिति हुनेछ।
विश्वकप इतिहासमा ब्राजिल सर्वाधिक सफल टिम हो। ब्राजिलले पाँच पटकसम्म उपाधि जितिसकेको छ। दोस्रोमा चार पटकसम्म डिफेण्डिङ च्याम्पियन बनेको इटली रहेको छ। एकमहिना सम्म चल्ने फुटबलको महासंग्रामको फाइनल खेल जुलाइ एघारमा हुनेछ। भोलिदेखि भने प्रतियोगितामा तीन खेलहरु हुनेछन्। प्रतियोगितामा भाग लिने राष्ट्रहरुलाई आठ समूहमा विभाजन गरिएको छ। प्रतियोगितामा दक्षिण अमेरिकाका पाँच, उत्तर अमेरिकाका तीन, ओसनियाका एक, अफ्रिकाका आयोजनकसहित ६, यूरोपका तेह्र र एसियाका चार टिमको सहभागीता रहेको छ। फुटबल प्रतियोगिता आयोजक भएकोले दक्षिण अफ्रिकाले स्वतः प्रवेश पाएको हो।

Comments :

0 comments to “विश्वकप फुटबल प्रतियोगिता आजदेखि”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger