Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

मुलुक टुक्रिन सक्छ ?

उपत्यका भित्रका संचारकर्मी, नागरिक समाज, बुद्धिजीवि र राजनीतिक रणनीतिकारहरूको साझा अभियान अर्न्तर्गत परेको विभेदको शिकार मधेशीहरू अब नयाँ निकास खोज्दैछन् । खटाइएका र पठाइएका कथित मधेशवादीहरूको चंगुलबाट आम मधेशी अब मुक्त हुन खोजिरहेका छन् । मधेशीहरूको धन र धर्म लुट्नेहरूसँग अधिकारको कुरा गर्नु, सत्ता दलालसँग मधेशवादको कुरा गर्नु र अपराधि प्रवृत्तिका बुद्धिजीविसँग समानताको न्याय माग्नु बन्द गर्नुपर्छ - आम मधेशी जनताले ।
राष्ट्र, राष्ट्रिय र समानताका नारा दिएर मधेशीको अस्मिता लुट्नेहरूसँग सचेत मात्र होइन दह्रो जवाफ दिनुपर्ने बेला आएको छ । मधेशको मुद्दा नलेख्ने, आवश्यकता र प्रतिशतका आधारमा मुद्दागत र प्रतिनिधिमूलक सहभागिता नदिने तर राष्ट्रिय संचार बोल्ने/लेख्नेलाई मधेश प्रवेश निषेधको आदेश जारी गरिदिनर्ुपर्छ । मधेशवादी लुटेरा र तिनका संरक्षक मधेशी दललाई राष्ट्रद्रोहको अभियोग लगाउनर्ुपर्छ । मधेशमा दिनहुँ हत्या, लुट, अपहरण र बन्द हुँदा पनि केही नबोल्ने दल र दलालहरूलाई पहिचान गर्न जरुरी छ ।

मधेशमा जालीनोट, लागूऔषधको खेती र हतियारको व्यापार फस्टाउँदै छ । यस्ता कार्यका पछाडि को हुन र किन हुँदैछ - भन्ने बारे तत्काल उजागर गर्न सकिएन भने 'अधिकार विहीन तर हतियार सम्पन्न' मधेशीहरू नयाँ राजनीतिक निकास खोज्न सक्छन् । मधेशमा महिनौं सरकारी कार्यालय बन्द हुँदा, बजार बन्द रहँदा, विद्यालय र गाविस कार्यालय नखुल्दा पनि चुसम्म नबोल्ने संचारकमर्र्,िमानवअधिकारकर्मी, नेता तथा सरोकार वालाहरू वास्तविक अर्थमा साम्प्रदायिक छन् र विखण्डन चाहन्छन् । मधेशमा चर्च र मस्जिदहरू गुणात्मक रुपमा खुल्दैछ, खोलिनु नराम्रो नहोला तर आवश्यकता र भित्री उद्देश्य बुझ्न जरुरी छ ।
कलम बोक्ने मधेशी युवाहरू हतियार बोक्न थालेका छन्, धान दिने खेतमा लागू औषधको खेती हुँदैछ, आफ्नो धन र धर्म सुरक्षित राख्न हतियार हुनैपर्ने बाध्यात्मक परिस्थितिको निर्माण हुँदैछ । युवाहरूमा साम्प्रदायिक सद्भाव, अध्ययन र अनुशासनको कमी बढ्दैछ । काठमाडौंलाई नेपाल बुझ्दै आएकाहरू बेलामा सचेत भएनन् भने मुलुकका अन्य भाग टुक्रिने क्रममा काठमाडांै मात्रै नेपाल न भै हालोस् । मधेशमा मत माग्ने नेताले कतै गोली न थाप्नु परोस् । साम्प्रदायिक सोंच बोकेर राष्ट्रिय संचारको रुपमा आफूलाई व्याख्या गर्नेहरू कतै प्रतिकारको शिकार न हुनु परोस् । मधेशवादका बिक्रेताहरू बेरोजगार भएर दण्डित नहुनु परोस् । बाध्यतावश कतै मुलुक टुक्रिनु नपरोस् । मधेश स्वतन्त्र राष्ट्र बन्न नपरोस् ।

Comments :

0 comments to “मुलुक टुक्रिन सक्छ ?”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger