हाम्रो संखुवासभा समाचारदाता
, जेष्ठ ३० - माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको राजीनामाका बिषयमा भएको सहमतिबारे एमाले नेताहरुले ढाँटेको आरोप लगाएका छन् ।
उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभाका लागि राजधानीमा भेला भएका उद्योगी व्यवसायीलाई आइतबार स्वागत गर्दै दाहालले यस्तो बताएका हुन् । 'एमाले नेताहरुसँग भएको 'जेन्टलमेन' सहमतिमा पाँच दिनभित्र प्रधानमन्त्रीले राजीनामा दिने सहमति भएको थियो,' दाहालले भने, 'तर एमाले नेताहरुले आन्तरिक सहमति नभएको भनेर ढाँटिरहेका छन् ।'
दाहालले जेठ १४ गते राति भएको तीन बुँदे सहमति नै वर्तमान समस्याको समाधान भएको दाबी गरे । उनले सहमति कार्यान्वयन नभएसम्म संविधान लेखन प्रक्रिया नै अवरुद्ध हुने बताए । 'अहिले जनताहरुले प्रष्ट थाहा पाएका छन्, कसले संविधान चाहँदैन, कसले संविधान निर्माणमा अवरोध गरेको छ भनेर,' दाहालले भने ।
कार्यक्रममा पूर्व अर्थमन्त्री तथा माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले माओवादीको उद्योग नीतिबाट व्यवसायी आत्तिनुपर्ने अवस्था नरहेको बताए । 'हामी (माओवादी) आत्मनिर्भर अर्थतन्त्रको पक्षमा छौं, सामान्तवादी भूमि सम्बन्धको अन्त्य गर्न चाहन्छौं, यसबाट उद्योगी-व्यवसायी आत्तिनुपर्दैन,' उनले भने
Browse » Home » » 'जेन्टलमेन' सहमतिबारे एमाले नेताहरुले ढाँटेः दाहाल
'जेन्टलमेन' सहमतिबारे एमाले नेताहरुले ढाँटेः दाहाल
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “'जेन्टलमेन' सहमतिबारे एमाले नेताहरुले ढाँटेः दाहाल”
Post a Comment