Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

'विश्व कप हेर्न रोल्पा जाऊँ'

हाम्रो संखुवासभा समाचारदाता
रोल्पा, जेष्ठ ३० - लगातार लोडसेडिङले विश्व कप खेल हेर्न राजधानीबासी खेलप्रेमी वञ्चित भएपनि रोल्पाली भने यो अवसरबाट एक मिनेट पनि वञ्चित नहुने भएका छन् । उनीहरुले टेलिभिजन च्यानलबाट प्रत्यक्ष प्रसारण भएका सबै खेलहरु हेर्न पाएका छन् । जिल्लामा लोडसेडिङ नहुने भएकाले जिल्लाबासीले यस्तो अवसर प्राप्त गर्न पाएका हुन् ।
जिल्लाका खेलप्रेमीहरुले आन्तरिक पर्यटनलाई विकास गराउन 'विश्व कप हेर्न रोल्पा जाऊँ' भन्ने अभियान थालेका छन् । यो अभियानबाट खेल प्रेमीहरुलाई खेल हेर्न पाइने अवसरका साथै आन्तरिक घुमघाम पनि हुने अवसर पाइने खेलप्रमीहरुले जनाएका छन् ।
जिल्ला विकास समितिका योजना अधिकृत महेन्द्रकुमार सापकोटाले खेल हेर्ने निहुमा आन्तरिक पर्यटकहरुलाई भित्र्याउने अभियान थालेमा विकासमा टेवा पुग्ने बताए । 'हामी कहाँ लोडसेडिङ नहुने भएकाले विश्व कम हेर्न पाइने पक्का छ ।' आन्तरिक पर्यटकको आगमन भएमा ठूला ठूला टेलिभिजन राखेर खेल हेर्न सकिने उनले सुझाए ।
गहिरो अध्ययनमा लागेका युवा, खेलप्रेमी, विद्यार्थी, अध्यता लगायतले रोल्पामा आई एक महिनाको भ्रमण गरेमा नियमित खेल हेर्न सकिने सरोकारवालाहरुले जनाएका छन् । रोल्पामा जलजला, सात दोबाटो, स्वर्गद्धारी, शिव गुफा, थबाङ, गडीलेख लगायतका स्थानको अवलोकन गर्न सक्नेछन् ।
एक दशक अघि प्युठानका झिम्रुकमा १२ मेघावाट क्षमताको विद्युत उत्पादन भएकाले यसबाट प्युठान, रोल्पा र अर्घाखाँची जिल्लामा नियमित विद्युत आपूर्ति हुने गरेको छ । उक्त विद्युत वुटवल पावर कम्पनीले उत्पादन गरेको हो ।

Comments :

0 comments to “'विश्व कप हेर्न रोल्पा जाऊँ'”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger