हाम्रो संखुवासभा समाचारदाता
काभ्रे र संखुवासभाकका सम्पूर्ण गाविस सचिवहरुले असुरक्षा भएको भन्दै आइतबार राजीनामा दिएका छन् ।
संयुक्त जातीय मुक्ति मोर्चाले तोकिएको समयमा संविधानसमेत बनाउन नसक्ने दलहरुको राज्यसत्ताको तल्लो निकाय गाविसका सचिवलाई राजीनामा दिन धम्कि दिएको थियो । गाविस सचिव हकहित संरक्षण केन्द्रको अगुवाईमा गएका गाविस सचिवहरुले स्थानीय विकास अधिकारी मेघनाथ काफ्लेसमक्ष राजीनामा बुझाएका हुन् ।
काभ्रेमा ८७ गाविस छन् । ती मध्ये ६६ गाविसमामात्र गाविस कार्यरत छन् । यसैगरी संखुवासभाका गाबिस सचिवहरुले पनि सामुहिक राजीनामा दिएका छन् । ३० गाबिसका २४ सचिवहरुले सुरक्षाको माग गर्दै सामुहिक राजीनामा बुझाएका हुन् ।
पछिल्लो समय सचिवहरुले सुरक्षाको माग गर्दै राजीनामा दिने क्रम बढेको छ ।
Browse » Home » » काभ्रे र संखुवासभाका सचिवहरुले सामुहिक राजीनामा दिए
काभ्रे र संखुवासभाका सचिवहरुले सामुहिक राजीनामा दिए
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “काभ्रे र संखुवासभाका सचिवहरुले सामुहिक राजीनामा दिए”
Post a Comment