हाम्रो संखुवासभा समाचारदाता
उपचार नगर्न धम्की-
भोजपुर, असार १३- एकिकृत नेकपा माओवादीका कार्यकर्ताको समूह आक्रमणबाट सङ्खुवासभामा दुई कङ्ग्रेस कार्यकर्ता घाइते भएका छन्। माओवादीको जनसेना बताउने ५ जनाको उक्त समूहले गए राति क्रियाशील सदस्य धुपू गाविस-४ का ६० वर्षीय देवीप्रसाद कोइराला र ३२ वर्षीय बद्री कोइरालालाई कुटेका हुन। घाइते दुवैको अवस्था चिन्ताजनक रहेको सङ्खुवासभा कङ्ग्रेसले जनाएको छ।
कुटाई खानेहरु बाबु-छोरा हुन। घाइतेमध्ये बद्री एकीकृत माओवादीको भातृ सङ्गठन वाइसिएलका पूर्व जिल्ला सदस्य हुन। उनी वैशाखमा माओवादी परित्याग गर्दै कङ्ग्रेस प्रवेश गरेका थिए।
घरमा सुतिरहेका बेला ११ बजे राति आएका उनीहरुले माओवादी छाडेर कङ्ग्रेसमा किन प्रवेश गरेको भन्दै कुटपिट गरेको पीडितले बताए। कुटपिटमा संलग्नहरुले माओवादी छाडेको भन्दै बद्रीलाई अपहरण गरेर केही पर लग्दै कुटपिट गरेका हुन् भने बुबा देवीलाई घरमै कुटपिट गरेका हुन्।
कुटपिटमा संलग्नहरुले विभिन्न नयाँ नम्बरबाट फोन गर्दै उपचारका लागि लगिएमा जे पनि हुन सक्ने भन्दै धम्की दिइरहेका कारण घाइतेलाई उपचार गर्न ल्याउन नसकिएको स्थानीय बासिन्दाले बताएका छन्। उनीहरुले ५० हजार रुपैयाँ चन्दा पनि माग गरेको पारिवारिक स्रोतले जनाएको छ।
कुटपिटबाट घाइते भएकाको अनुहार र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ। अनुहार र जीउभर निलडाम। घरेलु हतियारसहित आएको समूहले उनीहरुलाई कुटपिट गरेको हो। रातको समय र नकाप लगाएका कारण कुटपिटमा संलग्नहरुको पहिचान हुन नसकेको बताइएको छ।
यसैबीच तरुण दल सङ्खुवासभा सभापति मुक्तिसिह राई र कङ्ग्रेस सङ्खुवासभाका जिल्ला सदस्य महेश थपलियाले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन् र कुटपिट माओवादीद्वारा नै भएको बताएका छन्।
तर माओवादी सङ्खुवासभाका सह इन्चार्ज राजेन्द्र कार्कीले भने कुटपिटमा माओवादीको संलग्नता नरहेको दाबी गरे।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “भोजपुरमा पनि कङ्ग्रेस कुटिए”
Post a Comment