कान्तिपुर संवाददाता
काठमाडौ, अषाढ ९ - असार १७ गतेदेखि सुरु हुन लागेको आइसिटी इन्फो ट्रेड फेरयबाट सार्वजनिक हुन लागेको हालसम्मकै सबैभन्दा सस्तो ल्यापटप नेपाल भित्रिएको छ । मेला भृकटीमण्डपमा हुनेछ ।
ल्यापटप भित्राएको सागर इन्टरनेसनलका अनुसार ६ हजार ५ सय रुपैयाँ पर्ने ल्यापटप मंगलबार नेपाल भित्रिएको हो । 'मेलाका लागि मेरो कम्पनी र अरूले पनि यो ल्यापटप ल्याएका छन्,' इन्टरनेसनलका प्रमुख सागरदेव लाखेले भने । पहिलोपटक मेलाबाट सार्वजनिक गर्न लागिएको यस ल्यापटपको नाम 'माइक्रो ल्यापटप' दिइएको छ । उनका अनुसार अहिले सुरुमा ल्याइएका ल्यापटपलाई कुनै ब्रान्ड नदिएको उनले बताए ।
'वारेन्टीलगायत सुविधा सुरुदेखि नै उपभोक्ताले पाउनेछन्,' उनले भने । उनका अनुसार सुरुमा उपभोक्ताको मागअनुसार दिन नसके पनि बुकिङ भएका सबैलाई छिट्टै
ल्यापटप उपलब्ध गराइने बताए । 'छिट्टै पर्याप्त मात्रामा माइक्रो ल्यापटप आउँछ,' उनले भने ।
यसमा विन्डा-ज-सी अपरेटिङ सिस्टम राखिएको छ । इमेल/इन्टरनेट चलाउने, वाइफाई, वर्ड फाइल, पिडिएफलगायत सुविधा छ्न् । २ र ४ जिबीको हार्ड डिस्क
(एनएएडी फ्यास डिस्क) रहेको यसमा १ सय २८ र ५ सय १२ एमबीको र्याम छ । यसमा २ सय ५० जिबीसम्म बाहिरी हार्डडिक्स थप्न सकिन्छ । यसमा रहेको ब्याट्रीले बिजुलीबिना २ घन्टासम्म काम गर्न सक्छ ।
मेलाको सबै स्टल बुकिङ
असार १७ देखि २१ गतेसम्म चल्ने आइसिटी इन्फो ट्रेड फेयरको सबै स्टल बुकिङ भएका छन् । आइसिटी एसोसिएसनको आयोजनामा भएको मेलामा १ सय १० स्टल रहेको मेला संयोजक सिनएन उपाध्यायले बताए ।
सबै स्टल बुक भएका छन्,' उपाध्यायले भने, 'मेलामा १० वटा ठूला प्याभिलियनसहित १ सय १० स्टल छन् ।' मेलामा सूचना प्रविधि सम्बन्धित विभिन्न कम्पनीले आफ्नो पछिल्ला उत्पादन ल्याउनेछन् ।
डेक्सटप, ल्यापटप कम्प्युटर, मोबाइल फोनसेट, आइपड, डिभिडी, उफर, पेन ड्राइभलगायत मल्टिमिडिया डिभाइसको पछिल्ला संस्करण मेलामा रहनेछन् ।
तीन लाख अवलोकनकर्ता आउने अनुमान गरिएको मेला प्रवेश गर्न विद्यार्थीले ५० र अन्यले १ सय रुपैयाँको टिकट काट्नुपर्ने उनको भनाइ छ ।
तर असार १३ गतेसम्म एसोसिएसनको वेबसाइट आइसिटिडट ओआरजी डट एनपीमा आफ्नो नाम रजिस्टर गर्नेले निःशुल्क प्रवेश पाउनेछन् । मेलामा नयाँ कम्प्युटरसँग पुरानो कम्प्युटर साट्ने व्यवस्था पनि छ ।
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “साढे ६ हजारको ल्यापटप भित्रियो”
Post a Comment