कान्तिपुर संवाददाता
अषाढ ९ - माओवादी उपाध्यक्ष डा बाबुराम भट्टराईले कान्तिपुर पब्लिकेशन्सको न्यूजप्रिन्ट रोक्ने कार्यले हस्तक्षेप देखाएको उल्लेख गरेका छन् । उनले राष्ट्रकै प्रतिष्ठित प्रकाशनले नियम संगत रुपमा गरिरहेको कामलाई रोक्नु हस्तक्षेप भएको दावी गरेका हुन् ।
'नेपालले अन्तराष्ट्रिय कानून अर्न्तर्गत प्राप्त पारवहन सुविधामाथि नै हस्तक्षेपभएको छ' समस्याबारे बुझ्न पब्लिकेशन्सको कार्यालयमा आएका भट्टराईले भने ।
उनले यस घटना प्रेस स्वतन्त्रता विरुद्घ भएको समेत उल्लेख गरे । 'कुनै छिमेकी मुलुकले आफूलाई चित्त नबुझेको कुरालाई यो रुपमा प्रस्तुत गर्नु आपत्तिजनक भएको उल्लेख गर्दै उनले भने, 'सरकारले पहल गरेर यसलाई तत्काल छुटाउनुपर्छ ।' भट्टराईले माओवादी पार्टीको तर्फबाट समेत आपत्ति जनाएका थिए ।
कान्तिपुर पब्लिकेशन्सले क्यानडा र दक्षिण कोरियाबाट आयत गरेको न्यूजप्रिन्ट भारतको कोलकातास्थित बन्दरगाहामा विगत २७ दिनेदेखि रोकिएको छ । पब्लिकेशन्सको भण्डारण गरिएको न्यूजप्रिन्ट सकिंदै गएकाले समस्यामा परेको छ
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “छिमेकी माथिको हस्तक्षेपः भट्टराई”
Post a Comment