Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

संसदको बजेटको अधिवेशनको टुंगो नलागेपनि बजेटको प्रशासनिक तयारी भने लगभग पूरा

(२०६७ आषाढ ९, बुधवार)
हाम्रो संखुवासभा समाचारदाता
राजनीतिक खिंचातानीले गर्दा संसदको बजेटको अधिवेशनको टुंगो नलागेपनि बजेटको प्रशासनिक तयारी भने लगभग पूरा भएको अधिकारीहरुले बताएका छन्।
सरकारको भविष्यबारेको अन्यौलले गर्दा गएको दुई वर्ष जस्तै यो वर्ष पनि बजेट कहिले पेश हुनेछ भन्ने अनुमान गर्न सकिएको छैन।
नयाँ बजेट आर्थिक वर्षको अन्त्य अर्थात असार महिना भित्रै पेश गर्नुपर्ने हो।
अप्ठेरो
तर संविधानसभा गठन भएयताका दुई वर्षमा त्यसो हुन सकेन।
यो वर्ष पनि संसदको बजेट अधिवेशनको टुंगो लागेको छैन।
अर्थमन्त्रालयका सचिव कृष्णहरी बाँस्कोटा यस्तो अनिश्चयले प्रशासनिक अधिकारीहरुलाई अपठेरो भएको बताउँछन।
उनले भने, �(यस्तो अनिश्चयले गर्दा) अर्थमन्त्रालयले बिभिन्न समयमा बिभिन्न अपठ्याराहरु झेलेको छ।�
तर सरकारको भविष्षनै धरापमा परेको भनिएपनि सरकारले पेश गर्ने बजेटको लगभग टुंगो भइसकेको अधिकारीहरुको भनाई छ।
सचिव बाँस्कोटाका अनुसार आगामी आर्थिक वर्ष २०६७/६८ को बजेट निर्माण गर्ने कुरा प्राविधिक रुपमा एकप्रकारले सकियो भन्दा हुन्छ।
उनले भने, �हामी कुनैपनि बखत बजेट संसदमा पेश गर्न अर्थ मन्त्री समक्ष पेश गर्न हस्तान्तरण गर्न सक्ने स्थितिमा छौं।�
बजेटको एउटा आधार नयाँ बजेट बनाउँदा ठूलठूला नेता र सभासदहरुको दवाब पनि हुने गरेको चर्चा पनि चलेको छ।
सचिव बाँस्कोटाका अनुसार अधिकांश दवाब सडक लगायत पूर्वाधार निर्माणमा परेको छ।
आकार
उनले भने, �पूर्वाधार निर्माणमा आएको दवाब त ठीकै छ तर सरकारले प्राथमिकता दिएको ठाउँमा लगानी गर्न ध्यान दिनुपर्ने चुनौती छ।�
कहिले बजेट पेश गर्ने भन्ने टुंगो नलागेपनि यसको आकार बढ्ने टुंगो चाहीं लागिसकेको बताइएको छ।
गएको वर्ष पाउने तीन खरब रुपियाँको बजेट पेश भएकोमा यसको आकार बढेर झण्डै साढे तीन खरब पुग्ने अनुमान गरिएको छ।

Comments :

0 comments to “संसदको बजेटको अधिवेशनको टुंगो नलागेपनि बजेटको प्रशासनिक तयारी भने लगभग पूरा”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger