Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

सिँगो गाउँ पुरुष विहीन

हाम्रो संखुवासभा समाचारदाता
असार ५ - कञ्चनपुरको देखतभुली-१ खैरगडैया गाउँ पुरुषविहीन भएको छ। गाउँका पुरुषहरु कामको खोजीमा भारतका विभिन्न ठाउँमा लागेपछि सिँगो गाउँ छ महिनादेखि पुरुषविहीन बनेको हो।
गत फागुन महिनामा गाउँका एकसय ४२ भन्दा बढी पुरुष आर्थिक जोहो गर्न भारतको पिथौरागढ, लोहाघाट, हिमाञ्चल र गढवाल क्षेत्रतर्फ गएकामा त्यहाँबाट नफर्किएपछि घरधन्दा चलाउन महिलाहरुलाई कठिन भएको छ। 

'पूरै गाउँमा महिला मात्रै छौं, यूवादेखि बुढा सबै भारतबाट नफर्केपछि धानबाली लगाउन अप्ठेरो भएको छ', सुकमेली चौधरीले बताइन्।बीउ छर्नकै लागि नजिकैका चाँनदेउ गाउँबाट पुरुषहरुसँग मद्दत मागेको उनले बताइन्।
आर्थिक विपन्नताका कारण खेतीबाट दुई महिनामात्र खान पुग्ने भएकाले यहाँका पुरुषहरु वर्ष दिन भारतमा मजदुरी गरेर परिवारको भरणपोषण गर्दै आएका छन्।
गत महिना गाउँका एक वृद्धाको मृत्यु भएपछि शवको दाहसंस्कार गर्ने व्यक्ति नपाउँदा दुई दिनपछि वाह्य गाउँबाट पुरुषहरु बोलाएर दाहसंस्कार गर्नुपरेको पीडा विन्दु चौधरीले पोखिन्।
'मर्दा र बिरामी हुँदा अप्ठेरो पर्ने भएपनि पुरुषले नकमाउँदा भोकै बस्नुपर्ने स्थितिबाट मुक्ति पाउन भारततर्फ लाग्नु नै ठिक रहेको विपना चौधरीले बताइन्।
उनले भनिन्- 'भारतमा एकजनाले वार्षिक रु. २० हजारसम्म कमाउने गरेका छन्, जसबाट परिवार धानिँदै आएको छ।यस गाउँमा ४० परिवार मुक्तकमैया र २० परिवार आरक्ष विस्थापित बस्दैआएका छन्। रासस

Comments :

0 comments to “सिँगो गाउँ पुरुष विहीन”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger