हाम्रो संखुवासभा समाचारदाता
ललितपुर । सैन्य शिविरबाट बाहिरीएका माओवादीका पूर्व लडाकूलाई नेपालस्थित विभिन्न राष्ट्रसङ्घीय निकायले पुनःस्थापना कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् । प्रमाणीकरणको क्रममा अयोग्य ठहरिएका लडाकू गत पुसमा देशका विभिन्न शिविरबाट बाहिरिएका हुन् ।
उनीहरूका लागि ती निकायले सञ्चालन गरेका पुनः स्थापनासम्बन्धी कार्यक्रममा न्यून उपस्थिति भएकाले उनीहरूलाई कार्यक्रममा समाहित हुन आग्रह गरिएको हो ।
माओवादीका पूर्व लडाकूका लागि राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) तथा राष्ट्रसङ्घीय निकाय युनिसेफ, युएनएफपीए र आईएलओले विविध पुनःस्थापना कार्यक्रम सञ्चालन गरिरहेका छ ।
नेपाल सरकार, एकीकृत नेकपा (माओवादी) र नेपालको शान्तिप्रक्रियाको अनुगमन गरिरहेको राष्ट्रसङ्घीय कार्यालय -अनमिन)सँग्ाको सम्झौताबमोजिम चार हजार आठसय लडाकू शिविरबाट बाहिरिएका थिए ।
युएनडिपीद्वारा बुधबार यहाँ आयोजित कार्यक्रममा दिईएको जानकारीअनुसार ती चारवटा राष्ट्र सङ्घीय एजेन्सीहरूले त्यसलगत्तै सञ्चालन गरेको पुनःस्थापना कार्यक्रममा सहभागिताका लागि सबै पूर्व लडाकुलाई आग्रह गरिएको भएपनि आजसम्म एक हजार आठसय ३७ लडाकूमात्र सम्पर्कमा आएका थिए । ती मध्ये कतिपयले उक्त पुनस्र्थाना कार्यक्रममा सहभागिता जनाएका थिए ।
कार्यक्रमअन्तर्गत सिलाई कटाई, हाउस वायरिङ् लगायतका विभिन्न प्राविधिक विषयको तालिमका साथै विद्यालय एवम् कलेज जान चाहनेका लागि छात्रावृत्ति प्रदान गरी पढ्ने व्यवस्था गरिएको छ ।
युएनडिपीका अवासीय संयोजक रवर्ट पाइपरले राजनीतिक एवम् सामाजिकरुपमा पूर्व लडाकूको पुनःस्थापनाको कार्य संवेदनशील भएपनि राष्ट्रसङ्घीय निकायमार्फत यो कार्यलाई अघि बढाईएको भन्दै सहयोगका लागि नेपाल सरकार र एकीकृत नेकपा -माओवादी)सँग आग्रह गर्नुभयो ।
युनिसेफका प्रतिनिधि जिलियन मिलेसोपले पूर्व लडाकाका निम्ति युनिसेफले पुनस्र्थापनका विधिध कार्यक्रमका साथै विद्यालय जान चाहनेहरूलाई पनि प्रोत्साहन गर्दै आएको जानकारी दिनुभयो ।
Browse » Home » » पुनःस्थापना कार्यक्रममा सहभागी हुन पूर्व लडाकूलाई आग्रह
पुनःस्थापना कार्यक्रममा सहभागी हुन पूर्व लडाकूलाई आग्रह
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “पुनःस्थापना कार्यक्रममा सहभागी हुन पूर्व लडाकूलाई आग्रह”
Post a Comment