हाम्रो संखुवासभा समाचारदाता
खडेरीले अलैँचीको बोट मर्न थालेपछि खोटाङका किसान चिन्तित बन्न थालेका छन्। यहाँका किसानले करिब ३५ हेक्टर क्षेत्रफलमा अलैँची खेती गरेका छन्। जिल्लाका सावाकटहरे, वाप्लुखा, लिकुवापोखरी, रतन्छाका किसान अलैँची खेतीबाट आत्मनिर्भर बन्न थालेका थिए। लामो समयको खडेरीका कारण पानीको स्रोत सुक्दै गएको र अलैँचीका बोट ओईल्याएपछि किसान मर्कामा परेका छन्। लामो खडेरीपछि आएको असिनाले नष्ट पारेपछि त यो वर्ष अलैँचीको उत्पादन आधा घट्ने अनुमान गरिएको छ। जिल्ला कृषि विकास कार्यालय खोटाङले खडेरीले अलैँची सुकेपछि आगामी वर्ष अलैँची उत्पादन घट्ने जानकारी दिइसकेको छ। अलैँची खेतीका लागि खोटाङलाई उर्वरभूमीको रुपमा मानिन्छ। अलैँचीलाई नै प्रमुख नगदे वाली मान्दै आएका कतिपय किसानले अलैची विक्रि गरेर वार्षिक तीन लाख रुपैयासम्म आम्दानी गर्दै आएका थिए। जिल्लाको उच्च भू–भागमा अन्य कृषि बालीको उत्पादन कम हुने भएकाले किसान अलैची खेतीतर्फ आकर्षित भएका हुन्। यहाँको अलैची प्रतिटन नौ हजार देखि २७ हजार रुपैयाँसम्ममा बिक्रि हुने गरेको छ। यातायातको अभावमा यहाँ उत्पादन गरिएको अलैँची बिक्रिका लागि खच्चड र भरीयालाई बोकाएर अन्य ठाउँमा लगिन्छ।
Browse » Home » » खडेरीले अलैँचीको बोट मर्न थालेपछि खोटाङका किसान चिन्तित
खडेरीले अलैँचीको बोट मर्न थालेपछि खोटाङका किसान चिन्तित
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “खडेरीले अलैँचीको बोट मर्न थालेपछि खोटाङका किसान चिन्तित”
Post a Comment