हाम्रो संखुवासभा समाचारदाता
जेष्ठ २८ - नेपाली सेनाले धनकुटाको हिलेस्थित दुई बाहिनीमा तालिमका क्रममा एक सिपाहीको मृत्यु भएको घटनालाई लिएर दुई सैनिकलाई पदबाट बर्खास्त गरेको छ । त्यस्तै, अन्य सात सैनिकलाई कैद र बढुवा रोक्का गरेको छ । गत वर्षको माघ २७ मा तालिमका क्रममा धनकुटाको राम्चे डाँडामा सिपाही रेशमबहादुर भण्डारीको मृत्यु भएको थियो ।
सैनिक जनसम्पर्क निर्देशनालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भण्डारीको मृत्युको कारण खुलाइएको छैन । सैनिक अदालतले उक्त घटनाका दोषी जमदार रामकुमार तामाङलाई सात वर्ष र अमल्दार दिलबहादुर गौतमलाई तीन वर्ष कैद र भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको हो ।
त्यस्तै, उक्त तालिमका क्रममा जिम्मेवारी वहन गरेको नदेखिएकाले उपसेनानी प्रबल देउलालाई तीन वर्ष बढुवा रोक्का गर्ने निर्णय गरिएको छ । त्यस्तै, अमल्दार सुरेन्द्र कुँवर र प्युठ कृष्णअर्जुन खड्कालाई चार महिना कैद र एक पद घटुवा गर्ने निर्णय गरेको छ । प्युठ रघुलाल तामाङ र सिपाही मोहन कार्कीलाई चार महिना कैद र तीन वर्ष बढुवा रोक्का, प्युठ किशोर गुरुङलाई दुई वर्ष बढुवा रोक्का र हुद्दा उमेशचन्द्र दाहाललाई चार महिना कैद र ४ वर्ष वढुवा रोक्का गर्ने निर्णय गरिएको विज्ञप्तिमा छ ।
तालिम लिने क्रममा चरम शारीरिक यातनाबाट मारिएका सैनिक जवान रेशम भण्डारीका परिवारले चार महिना बितिसक्दा पनि क्षतिपूर्ति पाएका छैनन् । एकातर्फ पतिको हत्या भएको पीडा र अर्कोतर्फ नाबालक छोरा र आफ्नो बारेमा नेपाली सेनाले हालसम्म कुनै चासो नराखेको बताउँदै मृतककी पत्नी चरित्रा भण्डारीले सञ्चारकर्मीसँग दुखेसो पोखिन् ।
क्षतिपूर्तिको माग राख्दै केही समयअघि धनकुटास्थित २ नं. बाहिनी अड्डामा नाबालक छोरालाई च्यापेर आउँदा रित्तै फर्किनुपरेको १८ वषर्ीया चरित्राले सुनाइन् । उनले बिहीबार पतिको हत्याको घटनामा संलग्नलाई कारबाही गर्ने समाचार सुनेपछि केही सान्त्वना समेत मिलेको बताइन् । तर यसले मात्र आफूलाई पूर्ण शान्ति नमिल्ने भन्दै उनले नाबालकको लेखपढ र उचित क्षतिपूर्ति पाउनुपर्ने बताइन् ।
'कयौंपटक क्षतिपूर्ति र राहतको माग राख्दै मृतक पतिको तस्बिर लिएर हेडक्वाटर र धनकुटा बाहिनी धाएँ तर आश्वासनबाहेक केही हात लागेन,' उनले टेलिफोनमार्फत कान्तिपुरलाई भनिन्, 'यस्तै हो भने कसरी जिउने अनि सान्त्वना लिने ?
चार महिनासम्म पनि मृतकलाई उपलब्ध गराइने रकम वा काजक्रिया खर्चसमेत नदिएपछि चरित्रा नाबालक छोरा लिएर धनकुटा पुगेकी थिइन् । 'उहाँ त मारिनुभो, तर हाम्रो त बिजोगै हुने भो' उनले थपिन्, 'अरूको भन्दा पनि नाबालक छोराको लागि कतैबाट सहयोग पाइएन ।'
दैलेख जिल्ला डाँडापराजुल-५ घर भई भोजपुरस्थित कालीध्वज गणमा कार्यरत २८ वषर्ीय भण्डारीको धनकुटाको फलाँटेस्थित राम्चे भन्ने स्थानमा सञ्चालन भएको बिल्लादार तालिमका क्रममा सहकर्मीको यातनाबाट मृत्यु भएको थियो । ७२ वषर्ीय बाबु करवीर समेत अझै पनि छोराको मृत्युबारे व्याकुल रहेको मृतकका दाजु टेकबहादुरले बताए । मृतकका बाबुले टेलिफोनबाट कुरा गर्दै भने, 'राष्ट्रको सेवा गर्दागर्दै मारियो, तर कसैको चासो भएन । महिनौं दिनसम्म बाटो हेर्यौं तर कतैबाट सहयोगको त परै जाओस्, चासोसम्म दिइएको छैन ।' मृतकका बाबु करवीरले भने, 'कम्तीमा क्षतिपूर्ति त दिइनुपथ्र्यो त्यो पनि छैन हामी मर्कामा परेका छौं ।'
मृतकका १८ महिनाको नाबालक छोरा रोशनलाई बाबुको कुनै सम्झना छैन । तर मृत्युको घटना सम्भ“mदा अझै पनि उनकी पत्नी भावविह्वल हुने गर्छिन् । आर्थिक अवस्था कमजोर रहेका भण्डारी परिवारले जसोतसो काजक्रिया गरे पनि संस्थागत सहयोगको आसमा रहेको बताएका छन् ।
तालिमका क्रममा मादक पदार्थ सेवन गरेको भन्दै भण्डारीलाई पाता फर्काएर चरम यातना दिई रातभर चिसो चौरमा राखिएपछि उनको मृत्यु भएको स्रोतले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “'सिपाहीलाई सेनाभित्रै यातना'”
Post a Comment