Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

पाठ्य सामाग्री नआएपछि प्रौढ पढाइ बन्द

छेटु शेर्पा
सङ्खुवासभा समाचारदाता
सङ्खुवासभा असार ४ गते । अनौपचारिक शिक्षा केन्द्रले आवश्यक पाठ्य सामाग्री उपलब्ध गराउन नसक्दा दोश्रो चरणको पौढ कक्षा साचालन भएन । आगामी असारभित्र ३ महिने दोश्रो चरण प्रौढ कक्षा पूरा गर्नुपर्नेमा पाठ्य सामान नआएपछि कक्षा साचालन गर्न नसकेको जिशिअ दीर्घध्वज चापागाईले बताउनुभयो ।
गत वर्ष प्रोढ कक्षा साक्षरता अभियानमा उतीर्ण भएका ४ सय जना प्रौढलाई दोश्रो चरणको ३ महिने कक्षा साचालन गर्न सरकारले बजेट भने पठाएको छ ।

 २ लाख २ हजार ५ सय ३० रुपैयाँ बजेट प्राप्त भएपनि पाठ्यपुस्तक नआएपछि कक्षा साचालन गर्न सकिएनु जिशिअ चापागाई भन्नुहुन्छ ुकेन्द्रको लापरवाहीकै कारण गत वर्ष साचालित पहिलो साक्षरता अभियानमा उतीर्ण प्रौढले सिकेको कुरा पनि बिस्रने भए ।ु
सिद्धपोखरी सभापोखरी स्यावुनसमेतका गाविसमा २० वटा केन्द्र राखेर कक्षा साचालन गर्न शिक्षा कार्यालयले निर्णय भने गरेको थियो । चालु आर्थिक वर्षभित्र अभियानको दोश्रो चरण पूरा गर्ने लक्षले गत साउनमै कार्यक्रम तय गरेपनि पाठ्य सामाग्री प्राप्त नभएपछि बजेट पनि पि्रुज हुने शिक्षा कार्यालय जनाउछ ।
केन्द्रले पाठ्य सामान नपठाएपनि दोश्रो चरणको महिला साक्षरता अभियान भने साचालन भएको छ । गत वर्ष उभि्रएका पुस्तकबाट कक्षा साचालन गरिएको शिक्षा कार्यालयको भनाइ छ । महिला प्रौढ कक्षा २० वटा साचालन भइरहेका छन् ।

Comments :

0 comments to “पाठ्य सामाग्री नआएपछि प्रौढ पढाइ बन्द”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger