दिपेन्द्र राई
संखुवासभा ६ असार - जिल्लाको सदरमुकाम खाँदबारीमा रहेका एक दर्जन होटलमा प्रहरीले एक्कासी छापा मार्दा अनैतिक कार्य गर्दै गरेका ५ जोडिलाई पक्राउ गरेको छ ।
जिल्लाका प्रहरी नायव उपरिक्षक शेखर कोईरालाका अनुसार गोप्य सुचनाका आधारमा प्रहरीले होटलमा छापा मारेको हो । छापा मार्ने क्रममा प्रहरीले अनैतिक काम गर्दै गरेका जोडिलाई रंगेहात पक्राउ गरेको हो ।
प्रहरीले मनकामना रेडरोज हिमाली र पाण्डे होटलमा छापा मारेको थियो । प्रहरीले होटलमा अवैधानीक रुपमा यौन कि्रयाकलाप भैरहेको अवस्थामा रंगेहात ती जोडीहरुलाई पक्राउ गरेको प्रहरी कार्यालय स्रोतले जानएको छ । खाँदबारीमा अवैधानीक रुपमा यौन कि्रयाकला बृद्धि भएको भन्दै खाँदबारीमा पहिलो पटक प्रहरीले छापा मारेको हो । पक्राउ परेका जोडिलाई आगामी दिनमा अनैतिक यौन कार्य नगर्ने सर्तमा कागज गरेर रिहा गरिएको प्रहरीले असही मित्र गुरुङ्गले बताए ।
पक्राउ पर्ने जोडिहरुमा प्राय विवाहित र नानीका आमाहरु रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये महिलाको विदेशमा श्रीमान भएको र पुरुषको पनि घरमा श्रीमती भएको बताईएको छ । पक्राउ परेका पुरुषहरु विभिन्न संघ संस्थाका कर्मचारी र सेना समेत रहेको प्रहरीको जनाएको छ ।
यसरी अवैधानीक रुपमा जोडिहरुलाई होटलमा बस्न नदिनका लागि होटल व्यावसायीहरुलाई समेत सचेत गराईएको जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाका असई कृष्ण श्रेष्ठले बताए ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “प्रहरीद्धारा होटलमा छापा, ५ जोडि पक्राउ”
Post a Comment