Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

मोबाइल पड्कँदा दुईको ज्यान गयो

सङ्खुवासभा समाचारदाता
चौतारा । सिन्धुपाल्चोकको महाँकाल गाविसमा दुई युवाको मोवाइल चार्ज गर्द करेण्ट लागेर मृत्यु भएको छ ।मृत्यु हुनेमा महाँकाल गाविस-२ निवासी २२ वर्षीय सोने तामाङ र १९ वर्षीय गोपाल लामिछाने रहेका प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक अजय भट्टराईले दिएको जानकारी अनुसार गएराति १ बजे सोने तामाङको घरमा मोवाइल चार्ज गर्दा उच्च विद्युत् प्रवाहका कारण करेन्ट लागी दुवै घाइते भएका थिए ।
घाइतेद्वयको मेलम्चीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो । मृतक दुवैको शव पोष्टमार्टमका लागि मेलम्ची लगिएको प्रहरीले जनाएको छ ।

Comments :

0 comments to “मोबाइल पड्कँदा दुईको ज्यान गयो”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger