समुन्द्र पौडेल,
तनहुँ, जेठ ३० - अन्तरजातीय विवाह गर्ने १४ जोडीलाई गोरखामा सम्मान गरिएको छ। दलित उत्थान विकास समिति गोरखाले चोरकाटेमा एक कार्यक्रमको आयोजना गरी अन्तरजातिय विवाह गर्ने जोडीलाई सम्मान गरेको हो।
गोरखा क्षेत्र नं. २ का अन्तरजातीय विवाह गर्ने १४ जोडीलाई समितिले दोसल्ला र खादा ओढाएर फूलमाला र अबिरले सम्मान गरेको हो। अन्तरजातिय विवाह गर्नेहरुलाई समाजमा अझैपनि राम्रो दृष्टिले नहेर्ने र परिवारबाट नै अपहेलित हुनुपर्ने अबस्था कायमै रहेकाले परिवारमा सहज वातावरण बनाउनका लागी अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको समितिले जनाएको छ।
सम्मान कार्यक्रममा अन्तरजातीय विवाह गरेका जोडीहरुले गाउँघरमा अझैपनि समाजबाट अपहेलना र तिरस्कृत हुनुपरेकोमा दुख व्यक्त गरे। अन्तरजातीय विवाह गरेकै कारण परिवारबाट वेवास्ता झेल्दै आएकोमा समाजमा स्थापित हुनका लागि समितिले सहयोग गरेकोमा धन्यबाद दिएका थिए।
सरकारले नेपाललाई जातीय छुवाछुतमुक्त देश घोषणा गरेपनि व्यवहारमा अझै सुधार आउन नसकेको नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा जिल्ला अध्यक्ष डिलबहादुर सेन्चुरीले बताए। उनले छुवाछुत गर्नेहरुलाई कारबाही गर्न सबै जुट्नु पर्ने बताए।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “अन्तरजातिय विवाह गर्ने १४ जोडिलाई सम्मान”
Post a Comment