Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

गाई काट्नेलाई कारबाही नगर्न धम्की

ध्रुव दङ्गाल
,सिन्धुपाल्चोक,
जेठ २६- छिमेकीको लैनो गाई चोरेर काटेको आरोपमा पक्राउ गरी मुद्दा चलाइएका ५ अभियुक्तलाई छुटाउन ताम्सालिङ नेपाल राष्ट्रिय दलले दबाब दिएको छ। तामाङ समुदायले परम्परागतरुपमा गाईको मासु खाँदै आएको भन्दै दलले मुद्दा फिर्ता नलिए सिर्जना हुने परिस्थितिको जिम्मेवारी लिन प्रशासनलाई धम्की पनि दिएको छ।
साँगाचोक-२ का मानकाजी श्रेष्ठको लैनो गाई चोरेर काटेको आरोपमा सोही ठाउँका रामबहादुर तामाङ, बुद्ध तामाङ, रुपेश तामाङ, कृष्ण तामाङ र आइतमान तामाङलाई पक्रेर प्रहरीले मुद्दा चलाएको छ। वैशाख ७ गते राति आफ्नो गोठबाट गाई चोरेर स्थानीय जङ्गलमा काटी मासु खाएको पीडित श्रेष्ठको जाहेरीपछि उनीहरु पक्राउ परेका थिए।


दलका केन्द्रीय महासचिव टेकबहादुर तामाङले प्रेस विज्ञप्ति जारी गर्दै अभियुक्तहरुविरुद्धको मुद्दा फिर्ता लिन दबाब दिएका हुन्। 'मुलकुलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरी संविधानसँग बाझिएका मौजुदा ऐन कानुन खारेज भइसकेको हुँदा मुद्दा चलाएर तामाङ जातिमाथि दमन' गरेको आरोप विज्ञप्तिमा लगाइएको छ। उनीहरुविरुद्धको मुद्दा फिर्ता लिएर थुनामुक्त गरी मानवअधिकारको सम्मान गर्न आग्रह गर्दै विज्ञप्तिमा चेतावनी दिइएको छ- अन्यथा सबै परिणामको जिम्मेवार प्रशासन हुनुपर्छ।

चोरीमा संलग्नको पहिचान खुलेपछि स्थानीय बासिन्दाले पक्रेर प्रहरीमा बुझाएका उनीहरुले आरोप स्वीकारेका छन्। उनीहरुविरुद्ध गौ हत्याको मुद्दा चलाइएको छ।

Comments :

0 comments to “गाई काट्नेलाई कारबाही नगर्न धम्की”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger