विजय सन्तोषी
धनकुटा २६ जेठ ; रक्षकनै भक्षक भएपछि धनकुटा जितपुरका दलित समुदाय र स्थानीयवासि आन्दोलित भई प्रहरी चौकी घेराउ गरी प्रहरी सहायक निरिक्षकलाई माफी मगाएका छन ।
धनकुटा जिल्लाको जितपुर प्रहरी चौकीका इार्चाज हरिस चौधरीले जितपुर ६ का लाटी दलित महिलालाई यौन सम्पर्क गर्न खोजी र्दुव्यवहार गरेपछि हिजो देखी आाज सम्म दलित समुदाय र स्थानीय वासिन्दाले प्रहरी चौकी जितपुरलाई नाराबाजी गर्दै घेराउ गरेपछि आज मात्र बैठक गरी सहमती भएको छ ।
र्दुव्यवहार गर्ने प्रहरी सहायक निरिक्षक चौधरीले दलित महिलालाई तिन महिनाको तलव दिने निर्णय गरी पाच पटक सार्वजनिक स्थानमा कान समातेर उठबस गरी माफि मागे भएपछि मात्र सहमती भई दलित समुदाय र स्थानीय वासिन्दाले प्रहरी चौकी घर्ने कार्य छोडेका थिए ।
दलित समुदायस्थानीय वासिन्दा र जिल्ला प्रहरी कार्यालबाट गएको प्रहरी निरिक्षक अनिल पौडेल सहिति गएको प्रहरी टोली विच भएको बैठकबाट उक्त सहमती भई प्रहरी चौकी गर्ने कार्य बन्द भएको जितपुर गाविसका निर्वतमान अध्यक्ष रुद्र तम्बाले वताउनु भयो ।
स्थानीय स्तरमा सहमती भए पनि घट्नामा प्रत्यक्ष संंलग्न रहेका जितपुर प्रहरी चौकीका इार्चाज हरिष चौधरीलाई विभागिय कारवाही गरिने जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
जनताका रक्षकनै भक्षक भई अवला दलित लाटी महिलालाई यौन सम्र्पक गर्न खोजी र्दुव्यवहार गरेपछि दलित समुदाय र स्थानीयवासिन्दा आक्रोसित भएका छन ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “रक्षकनै भक्षक भएपछि दलित समुदाय आन्दोलित”
Post a Comment