नानो पहिलोपटक भारतीय बजारमा आउँदा सबैभन्दा सस्तो कारका रूपमा प्रचार भए पनि नेपाली बजारमा यसको मूल्यबारे यकिन भइसकेको छैन ।काठमाडौं, जेष्ठ १८ - संसारकै सस्तो भनिएको नानो कारको दुई वर्षदेखिको प्रतीक्षा अब पूरा हुने भएको छ । छिमेकी भारतमा बनेर पनि उपभोग गर्न नपाएका नेपालीको हातमा एक महिनाभित्रै यसको स्टेरिङ हुनेछ । बजार प्रवर्द्धनका लागि नेपाल ल्याइएका दुइटा कार भने बुधबारै राजधानीका सडकमा देखिनेछन् । जुन अन्तिम सातासम्ममा बजारमा लैजाने बिक्रेताले जनाएका छन् ।
नेपाली बजारमा औपचारिक बिक्रीअघि सर्वसाधारणको मन जित्न टाटाको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले बुधबारदेखि देशव्यापी र्याली गर्दैछ ।
राजधानीबाट सुरु हुने र्यालीका क्रममा चिटिक्क परेका दुइटा कार देशका विभिन्न भागमा पुग्नेछन् । तिनले करिब ४० हजार किलोमिटर यात्रा गर्नेछन् । नेपालको कठिन र उकालो ओरालो भूवनोटमा समेत जान सक्ने क्षमता भएको कारका रूपमा नानोलाई चिनाउने प्रयास कम्पनीको छ ।
संसारकै सस्तो भनिए पनि नेपाली बजारमा यसको मूल्य कति पर्ने भन्ने यकिन भइसकेको छैन । भारतमा सबैभन्दा सस्तोको मूल्य १ लाख ४५ हजार भारु छ । त्यहाँ सेमि अप्सन सीएक्सको १ लाख ८० हजार र फुल अप्सन एलएक्सको २ लाख १० हजार भारु पर्छ ।
गाडी बिक्रेताहरूका अनुसार नानो मोडलजस्ता भारतीय गाडीको नेपाल आउँदा करिब २ सय ४० प्रतिशत भन्सार, अन्तशुल्कलगायत कर लाग्छ । ढुवानी र अन्य खर्चसहित सबैभन्दा सस्तोको पनि नेपाली बजारमा खुद्रा मूल्य ९ लाख रुपैयाँ हाराहारीमा पर्ने देखिन्छ । तैपनि आधिकारिक मूल्य तय भइसकेको छैन ।
सुरुमा ६ सय २५ सीसीको नानो २००८ जनवरीमा भारतीय बजारमा आएको हो । त्यतिबेला यसको लागत (उत्पादन हुँदा) एक लाख भारतीय रुपैयाँ तोकिएको थियो । खुद्रा बजारमा भने १ लाख २० हजार रुपैयाँमा उपलब्ध भएको थियो ।

Comments :
0 comments to “नानो कार नेपालमा”
Post a Comment