Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

पूजा चन्दले राजु लामा संग दोस्रो बिहे गर्ने पक्का

फोटोग्राफर तथा फिल्म निर्देशक सुरज चन्दसँग सम्बन्ध बिच्छेद गरेपछि अमेरिकाको बाल्टिमोरमा बस्दै आएकी नायिका पूजा परियार (चन्द)ले एक गायकसँग दोस्रो बिहे गर्ने भएकी छन् ।  लामो समयदेखि मन मिल्ने साथीको खोजीमा रहेको बताउने पूजाले ‘दि एन्जेल’ ब्यान्डका गायक राजु लामासाग शुक्रबार टिकोटालो गरिन् । कार्यक्रममा पूजाकी आमा, छोरी, नातेदार तथा राजुका बाबु र नातेदार उपस्थीत थिए भने बाल्टिमोर क्षेत्रमा बसोवास गर्ने कलाकारहरुको जमघट थियो । कार्यक्रममा उनीहरुले औंठी साटेर इङगेजमेन्ट गरेका थिए ।
अमेरिका बसाईसँगै नजिकिएको यो जोडी केहीसमयको अफयेअरपछि बिबाह बन्धनमा बाँधिन लागेको बताइएको छ । आफुहरुले आगामी अगष्ट महिनामा बिबाह गर्न लागेको पूजा र उनका हुनेवाला श्रीमान राजुले बताए । पहिलो पति सुरजसँगको बैबाहिक जीवनबाट पुजाले एक छोरी छन, जो अहिले उनीसँगै अमेरिकामा बस्छिन् ।

Comments :

0 comments to “पूजा चन्दले राजु लामा संग दोस्रो बिहे गर्ने पक्का”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger