Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

हतार-हतार गरिएको सरुवा बदर

गृहमन्त्रीमा कृष्णबहादुर महरा नियुक्त हुनुभन्दा केही घण्टा अगाडि गृहसचिव गोविन्द कुसुमको निर्देशनमा प्रहरी मुख्यालयले हतार-हतार गरेको प्रहरी अधिकृतहरुको सरुवा बदर भएको छ ।
विभागीय मन्त्रीका रुपमा आफूले सपथ लिँदै गर्दा प्रहरी अधिकृत सुरुवा गरिएकोमा रुष्ट बनेका महराले सो निर्णय शनिबार रद्ध गरेका हुन् । महरा गृहमन्त्री नियुक्त हुन लागेको सूचना बाहिर आएलगत्तै बुधबार प्रहरी मुख्यालयले ६५ एसपीको सरुवा गरेको थियो ।

सुरुवा भएकामध्ये ३० भन्दा बढी अधिकृत नयाँ कार्यक्षेत्र पुगिसेकको बताइएको छ । प्रहरी मुख्यालयले सुरुवा भएर गएका सबै अधिकृतलाई पूरानै कार्यक्षेत्र फर्काउन पाँचै विकास क्षेत्रका क्षेत्रीय प्रहरी कार्यालयलाई शनिबार नै परिपत्र जारी गरेको छ ।

सरुवा बढुवा हेर्ने इकाई मानवस्रोत विभागलाई समेत थाहा नहुने गरी गरिएको सुरुवा सम्वन्धि निर्णयबाट प्रहरीका उपल्ला अधिकारीसमेत असन्तुष्ट थिए ।

यसैबीच महराले प्रहरी अधिकृतहरुको व्यापक सुरुवाको तयारी गरेको बुझिएको छ ।

विभागीय मन्त्री नहुँदा ६ महिनादेखि प्रहरी अधिकृतको नियमित सरुवा बढुवाको काम रोकिँदै आएको थियो ।

Comments :

0 comments to “हतार-हतार गरिएको सरुवा बदर”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger