Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

सात बुँदे दिल्ली सम्झौताको नयाँ अवतारः कमल थापा

काठमाडौं, जेष्ठ ७ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकार गठनका सन्दर्भमा एमाले र माओवादीबीच भएको सात बुँदे सम्झौता दिल्लीमा भएको बाह्र बुँदे सम्झौताको नयाँ अवतार भएको बताएका छन् ।  रिपोर्टर्स क्लबको साक्षात्कारमा शनिबार उनले दिल्लीमा भएको १२ बुँदे र सरकार निर्माणको सन्दर्भमा भएको सात बुँदे सम्झौताको मुख्य उदेश्य सर्वसत्ताबाद स्थापना गर्नु भएकोले दुवै एउटै भएको उल्लेख गरे ।
संविधानसभाको म्याद थपको प्रस्ताव मुलुकको लागि दुर्भाग्य भएको र प्रजातन्त्रमाथिको प्रहार भएको दाबी गर्दै अध्यक्ष थापाले आफ्नो पार्टीले सरकारले प्रस्तुत गरेको म्याद थपको प्रस्ताव विरुद्ध मतदान गर्ने जानकारी दिए ।
कांग्रेसले प्रस्तुत गरेको दश बुँदे प्रस्ताव बाँकी सात दिनमा पुरा हुन नसक्ने भन्दै उनलेले काग्रेस र मधेसवादी दलहरुको अहिले अग्निपरीक्षा भएको बताए । 'काग्रेसको माग पुरा हुँदैन, मधेसवादी पनि म्याद नथप्ने पक्षमा छन् । त्यसैले संविधानसभाको म्याद थपिदैन,' उनले भने ।
अहिलेको संविधान सभालाई 'डेट एक्सपायर' औषधीको संज्ञा दिदै थापाले यसले संविधान बनाउनै नसक्ने ठोकुवा गरे । 'त्यसैले पनि ताजा जनादेश लिएर संविधानको निर्माण गर्नु पर्छ,' उनले भने ।
आफूहरु संविधानसभाबाटै संविधान जारी हुनु पर्छ भन्ने पक्षमा रहेको दावी गदै थापाले संविधानसभाकै लागि ताजा जनादेशको आफूहरुले माग गरेको बताए । 

Comments :

0 comments to “सात बुँदे दिल्ली सम्झौताको नयाँ अवतारः कमल थापा”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger