काठमाडौँ । दसैँको अवसर पारेर प्रदर्शन गर्ने भनिएको चलचित्र ‘संसार आफ्नै’को अडियो गीत र पोस्टर सार्वजनिक गरिएको छ । निर्माता तथा नायक गोविन्द शाहीले बुद्ध जयन्तीको अवसर पारेर चलचित्रको गीत र पोस्टर सार्वजनिक गरेका हुन् । मानिसका जीवन घट्ने घटनाहरूमा नौ कथावस्तु समेटिएर निर्माण गरिएको चलचित्र प्रेमकथामा आधारित रहेको छ । यस चलचित्रले शान्तिको सन्देशसमेत छर्ने निर्माता शाहीको भनाइ छ । सार्वजनिक गरिएको चलचित्रको गीतमा वसन्त सापकोटाको सङ्गीत, स्वरूपराज आचार्यको स्वर तथा बिपिन किरणको शब्द रहेको छ ।
ग्रामीण र सहरी दुवै परिवेश बोकेको चलचित्र ‘संसार आफ्नै’ लाई रञ्जित रानाले निर्देशन गरेका हुन् । झरना थापा, गोविन्द शाही, सुमन सिंह, कमलकृष्ण, जेनी कुँवर, ममता प्रधान, शुभेच्छा थापा, सरोज केसीलगायतको अभिनय रहेको सो चलचित्रलाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । अर्थात् १६ वर्षमुनिका बालबालिकाले सो चलचित्र हेर्न जाँदा आफ्ना अभिभावलाई लिएर जानुपर्छ ।

Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “‘संसार आफ्नै’को गीत सार्वजनिक”
Post a Comment