Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

पूर्वप्रधानमन्त्री नेपालले भने, 'माओवादीले अधिनायकवादी सोच नत्यागे संविधान असम्भव'

ओखलढुंगा, वैशाख ३१ - एकीकृत नेकपा माओवादीले अधिनायकवादी सोच नत्यागे संविधानसभाको म्याद एकवर्ष थपिएपनि संविधान निर्माण हुन नसक्ने एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन् ।
नेकपा एमाले ओखलढुंगाको नवनिर्मित भवन उद्घाटनको लागि ओखलढुंगा आईपुगेका नेपालले शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै उनले माओवादीले अहिले सरकारमा रहेर पनि पदको दुरुपयोग गर्न खोजेको आरोप लगाए । सबै पार्टीहरु सत्ताको लुछाचुडी गरेकै कारण संविधान बन्न नसकेको भन्दै उनले संविधान निर्माणप्रति गम्भीर हुनुपर्ने बताए ।
विशेषगरि माओवादी पार्टीले सैन्यवादी सोचको अन्त्य गरेमात्र देशमा छाएको अन्योलता
अन्त हुने नेपालले बताए । 'राष्ट्रिय सहमति आजको मूख्य कारोबार हो' सभालाई सम्बोधन गर्दै नेपालले भने, 'सहमतिको लागि सबै दलमा लचकता आवश्यक छ' आफूलाई केन्द्रविन्दुमा नराखेर देश र जनतालाई केन्द्रमा राखेर अगाडि बढेमात्र देशमा निकास आउने उनले बताए ।
सोही कार्यक्रमलाई नै सम्बोधन गर्दै एमाले महासचिव इश्वर  पोख्रेलले माओवादीलाई इंगित गर्दै हिंसावादी शक्तिसँग एमालेको कहिल्यै एकता नहुने बताएका छन् । 'नेकपा एमालेले शान्तिलाई बन्धकी राखेर सपनाको भर्‍याङ चढ्नेछैन' पोख्रेलले भने, 'माओवादीहरु लोकतन्त्रप्रति इमानदार नभएकोले  नसुधि्रएसम्म शान्ति र संविधान सम्भव छैन' ।
नेकपा एमाले जनताको म्यान्डेड विपरित नजाने बताउँदै उनले संविधानको लागि माओवादी सेनाको शिविर खाली हुनुपर्ने र हतियार त्याग्नुको साथै कब्जा गरिएको घरजग्गा फिर्ता गर्नुपर्ने बताए । 'नेकपा एमाले शक्तिको सौदाबाजी गर्ने छैन' उनले भने ।
त्यसैगरि आमसभालाई नै सम्बोधन गर्दै रक्षामन्त्री तथा नेता विष्णु पौडेलले संविधान निर्माणको अभियानमा एमालेले आत्मसमर्पण नगर्ने बताए । यसको लागि सबैले सहयोग गर्नुपर्ने उनले बताए । एमालेको ५० लाख लागतमा निर्मित पार्टी कार्यालय भवन उद्घाटनको लागि नेपाल र पोख्रेल बिहिबारनै ओखलढुंगा आईपुगेका थिए । नेताहरु शुक्रबार नै रक्षा मन्त्री पौडेलको साथमा हेलिकप्टरमार्फत राजधानी फर्केका छन् । कार्यक्रममा राष्ट्रिय गानका सर्जक व्याकुल माइला लगायतका व्यक्तित्वलाई सम्मान गरिएको थियो ।http://www.ekantipur.com/np/

Comments :

0 comments to “पूर्वप्रधानमन्त्री नेपालले भने, 'माओवादीले अधिनायकवादी सोच नत्यागे संविधान असम्भव'”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger