इन्द्र नारायण चोङ्बाङ्
.....ताप्लेजुंग
धनिको पिर भोलिलाई गरिबको पिर आजलाई
आकाश छुने क्षैतिज झिलमिल तारा साँझलाई ......गाउँ घर जल्यो पिरले बलेंसी चुहियो आँखामा
दुख्यो कि दुखेन तिम्रोमन गाइने दाइको भाकामा
रगतका थोपामा सल्केको जिन्दगि खोज्ने आगो हो
यो छाती भित्र बल्झेको उज्यालो छर्ने सपना हो .....
धनिको पिर भोलिलाई गरिबको पिर आजलाई
आकाश छुने क्षैतिज झिलमिल तारा साँझलाई ......
सडक पेटी पेटीमा उराठलाग्दो आँशु छ
अगाडी महल महलमा चौरासी व्यंजन हाँसो छ
यो मुटु माथि सल्केको आँशुको रेखा आगो हो
यो छाती भित्र बल्झेको उज्यालो छर्ने सपना हो ....
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “जनताका गीतहरु....”
Post a Comment