Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

न्युयोर्क जाँदै ल्यान्डग्रेन

पुस १७/नेपालस्थित राष्ट्रसंघीय मिसन अनमिन प्रमुख करिन ल्यान्डग्रेन शनिबार न्युयोर्क जाँदैछिन् । राष्ट्रसंघले अन्तिमपटक थपेको अनमिनको म्याद सकिन १५ दिनमात्र बाँकी रहँदा राष्ट्रसंघ सुरक्षा परिषद्लाई नेपालको शान्तिप्रकृयाबारे ब्रिफिङ गर्न उनी न्युयोर्क जान लागेकी हुन् । अन्तिमपटक भनिए पनि माओवादीले पुनः म्याद थप्न आग्रह गर्दै राष्ट्रसंघलाई पत्राचार गरेको छ । 

सुरक्षा परिषदमा ल्यान्डग्रेनले नेपालको शान्तिप्रकृयाका विषयमा अनमिनले सोधेका प्रश्नमा सरकार र माओवादीका जवाफ प्रस्तुत गर्नेछिन् । यसैबीच कांग्रेस सभापति सुशील कोइरालाले अनमिन फर्केपछि पनि माओवादी लडाकु समायोजनमा बाधा नहुने बताएका छन् । लडाकुको समायोजन तथा व्यवस्थापनजस्ता राष्ट्रिय समस्या समाधान गर्न नेपालका राजनीतिक दलहरु नै सक्षम भएको उनले बताए ।
"त्यसका लागि खासगरी माओवादीले ठूलो दलको नाताले गहन जिम्मेवारी निर्वाह गर्नुपर्छ," नेपाल प्रेस युनियन मोरङद्वारा शनिबार कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा कोइरालाले भने ।

Comments :

0 comments to “न्युयोर्क जाँदै ल्यान्डग्रेन”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger