Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

नेपाल पर्यटन बर्ष २०११ सुरू, १० लाख पर्यटक भित्रयाउने लक्ष्य

१ जनवरी,  काठमाडौं । नेपाल पर्यटन बर्ष २०११ सुरू भएको छ । पर्यटनका लागि सँग सँगै भन्ने मूल नाराका साथ १० लाख पर्यटक भित्रयाउने लक्ष्य सहित सरकारद्धारा घोषित पर्यटन बर्षको औपचारीक आरम्भ भने जनवरी १४ मा हुने भएको छ । औपचारिक आरम्भ हुने दिन आमाडब्लम शिखरमा दिप प्रज्वलन गरिने भएको छ । पर्यटन बर्षका अबसरमा शनिबार त्रिभुबन बिमानस्थलमा उत्रने पहिलो २० जना बिदेशी पर्यटकलाई सरकारले बिशेष रुपमा स्वागत तथा सम्मान गरिने भएको छ ।

पर्यटकलाई त्रिभुबन अन्तराष्ट्रिय बिमानस्थलबाट होटलसम्म स्वागत सहित लैजाने र उनीहरुको आजको खाने बस्ने सम्पुर्ण ब्यबस्था निशुल्क गरिने भएको छ । पर्यटन बर्ष शुभारम्भ भएको पहिलो दिन आज विहान साढे ९ बजे काठमाण्डौंको ठमेलबाट नेपाल पर्यटन बोर्डसम्म प्रभात फेरीको आयोजना गरिएको छ ।
त्यस्तै पोखरा, चितवन, इलाम लगायतका बिभिन्न पर्यटकिय स्थलमा प्रभातफेरिका साथै बिभिन्न महोत्सवको आयोजना गरिदैँ छ । पोखरामा सडक महोत्सव सहित कार्यक्रम गरेर पर्यटन बर्षको स्वागत गरिदैँछ ।
सरकारले भारतबाट २ लाख ६५ हजार, चीनबाट १ लाख र अन्य देशहरुबाट गरी १० लाख पर्यटक भित्रयाउने लक्ष्य राखेको छ ।

Comments :

0 comments to “नेपाल पर्यटन बर्ष २०११ सुरू, १० लाख पर्यटक भित्रयाउने लक्ष्य”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger