बिगत आठ महिना अगाडी राज ओभरसिजबाट ओमानको राजधानि मस्कट शहरमा आएका चौध नेपालीहरु यतिबेला अलपत्र परेका छन ।
अलाईस सर्भाईभ कम्पनीका लागी भनि राज ओभरसिजले यि नेपालीहरुलाई मासिक ओमनी एक सय रियाल तलब पाउने आश्वासन देखाई ओमन पठाएको थियो । तर यतिका समय सम्म पनि उनिहरुले न त खान पाएका छन न त पैसा नै । चौध जना नेपालीहरु मध्ये छ जनाले मासिक तलब पाईरहेका छन भने आठ जनाले केहि पनि पाईरहेका छैनन । ति आठ जना नेपालीहरुको अबस्था अत्यन्त दयनिय छ । तर उनिहरुले काम गर्न भने छाडेका छैनन ।
गैर आवासिय नेपाली संघले अलास कम्पनी सँग बार्ता गरि सबै सुबिधाहरु पाउने सर्तमा यि नेपालीहरुले काम गरेको तर फेरी कम्पनीले सो सर्तलाई भंग गरेको पाईन्छ । कम्पनी संग हामीले बार्ता गरेका थियौ तर हाम्रो सहमतिलाई कम्पनीले बेवास्था गरेको छू गैरआवासिय नेपाली संघका अध्यक्ष टिकाराम ढकालले भने । उहाँका अनुसार संघले उनिहरुको उद्धारको लागी निरन्तर पहल गरिरहेको छ ।
यि नेपालीहरुको दयनिय अबस्थाबारे संचार माध्यमहमा आएपछि परराष्ट्र मन्त्रालय श्रम मन्त्रालयको पनि ध्यानाकर्षण भएको छ । सबैँ नेपालीहरुलाई एक हप्ता भित्र नेपाल फकाउका लागी राज ओभरसिजका संचालक पुर्ण बहादुर राई ओमान आउने भएका छन ।
आठ जना नेपालीहरु यतिबेला अरु नेपालीहरुलाई प्लास्टिकमा बोकेर ल्याएको खानाले बाचिरहेका छन । यसरी नै बितेका छन बिगतका पाच महिना । गैरआवासियन नेपाली संघले ओमानी रियाल पच्चिसको खाना खुवाएको थियो भने अन्य नेपालीहरुलाई पनि उनिहरुलाई बिभीन्न किसीमका सहयोगहरु गर्दै आएका छन ।
नेपाल सरकारले अब यि आठ जना नेपालीहरुलाई उद्धार गर्न ढिलाई गरेमा यसले बिकराल समस्या निम्त्याउन सक्छ । अब हाम्रो केहि बिकल्प छैन खोटाङ्का लबिन राई भन्छन "चार जनाले त आत्महत्या गर्ने सोच बनाई सकेका छन ।"
राज ओभरसिजबाट ओमन आई अलपत्र परेका नेपालीहरुमा डोलराज पाण्डे चितवन, ईश्वर प्रसाद ओझा चितवन, लबिन राई खोटाङ्ग, लक्ष्मण श्रेष्ठ मोरङ्ग ,नबिन महत सुनसरी, रामेश्वर खनाल पर्सा शिबराज भण्डारी चितवन माडी, सुकमान तमाङ्ग सिन्धुपाल्चोक, जिबन मगर संखुवा सभा ,हर्क बहादुर मगर संखुवासभा, बोटबिर राई ईलाम, अनिल केसी मकवानपुर र कुमार प्रजा रहेका छन ।
बिना पैसा बिना खाना उनिहरुले ओमनको एक चिसो सिडीमा आठ महिना बिताईसकेका छन । उद्धारको लागी उनिहरुले ओमनका बिभीन्न नेपाली संघ सस्थाहरुलाई गुहार मागेपछि गैर आवासिय नेपाली संघ ओमनले उनिहरुको उद्धारको पहल गरेको थियो । गैर आवासिय नेपाली संघले साउदी राजदूताबासमा जानकारी गराए यता पनि यतिका महिना बितीसक्दा पनि राजदूताबास मौन छ ।









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “ओमानमा ८ महिना देखी नेपाली अलपत्र ४ जनाले बनाए आत्महत्या गर्ने सोच”
Post a Comment