१७ मंसिर, काठमाडौं । संयुक्त राष्ट्रसंघीय उपमहासचिब बी लीन पास्को नेपाल भ्रमणका लागि आज काठमाडौं आउनु भएको छ । उहाँ भारत हुँदै विहान अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्नु भएको हो ।राष्ट्रसंघीय सुरक्षा परिषदले अनमिनको कार्यावधि अन्तिमपटकका लागि पुस मसान्तसम्म थप्ने निर्णय गरेपछि पास्कोको यो दोस्रो नेपाल भ्रमण हो । यसअघि उहाँ गत असोज २० गते पनि नेपाल आउनु भएको थियो ।दुई दिने नेपाल बसाईको क्रममा पास्कोले शान्तिप्रकि्रयामा भइरहेको प्रगतिबा कार्यबाहक प्रधानमन्त्री विजयकुमार गच्छदार मओवादी अध्यक्ष प्रचण्ड मुख्य दलका शीर्ष नेताहरु परराष्ट्रमन्त्री सुजाता कोइरालालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
माओवादी जनसेनाको रेखदेख समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिका सदस्यहरुसँग पनि पास्कोले भेट्ने कार्यक्रम छ ।
भेटवार्तामा शान्तिप्रकि्रया र अनमिनको व्यवस्थित बहिर्गमनका विषयमा कुराकानी हुने अनमिनले जनाएको छ ।
Browse » Home »
नेपाल समाचार
» राष्ट्रसंघीय उपमहासचिब पास्को नेपालमा
राष्ट्रसंघीय उपमहासचिब पास्को नेपालमा
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “राष्ट्रसंघीय उपमहासचिब पास्को नेपालमा”
Post a Comment